बालदिवसको अवसरमा जीतपुर स्कुलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

बाराको जीतपुरमा रहेको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयमा बालदिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ । सम्पन्न भएको हाजिरी जवाफ प्रतियोगितामा विद्यार्थीहरू निकै हर्सित देखिएका थिए ।

भव्य रूपमा आयोजना गरिएको हाजिरी जवाफ कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता प्रमुख अथितिको रूपमा रहनु भएको थियो ।

सोही स्कुलको प्राधानाध्यापक राजु सिंहको अध्यक्षतामा सम्पन्न भएक‍‍ो कार्यक्रमा जीतपुरका वडा सदस्य, स्कुलका व्यवस्थापन सिमित सदस्य, स्थानिय नेता समाजसेवी, स्कुलका शिक्षकहरूको उपस्थित रहेको थियो ।