गैडाकोटको अमरापुरीमा स्कुटरले पैदल यात्रीलाई ठक्कर दियो, एकको मृत्यु,दुई घाइते

  • गैडाकोट,साउन ३०-

नवलपुरको गैडाकोटमा स्कुटरले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । गैडाकोट नगरपालिका–१७ अमरापुरी स्थित भित्री सडकमा भएको दुर्घटनामा सोही स्थान बस्ने ७० वर्षका मोहनबहादुर क्षेत्रीको मृत्यु भएको हो ।

स्कुटरको ठक्करबाट घाइते भएका क्षेत्रीको उपचारका क्रममा चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरी सहायक निरीक्षक टिकाराम पोखरेलले जानकारी दिनुभयो । दुर्घटनामा स्कुटरमा सवार दुई जना घाइते भएका छन् । स्कुटरका चालक अमरापुरी बस्ने वर्ष ५० का कलाधर सापकोटा र उनकी श्रीमती वर्ष ५० कै नन्दकली सापकोटा घाइते भएका हुन् । उनीहरु दुवै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।