Categories
प्रदेश २ समाचार

वीरगन्जको नारायणी अस्पातलमा बिग्रिएको डाइलासिस मेसिन मर्मत भई संचालनमा

-विज्ञापन-
  • एस.एस. पटेल, बारा ।

वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पातलमा बिग्रिएको डाइलासिस मेसिन संचालनमा आएको छ । बिग्रिएको अवस्थामा रहेका तीनवटा डाइलासिस मेसिन बनाएर पूणर् रुपमा संचालनमा ल्याइएको नारायणी अस्पतालकाले जनाएको हो ।

नारायणी अस्पतालमा कोरोना संक्रमणको दर घट्दै गएपछि अस्पतालले जम्मा ६ वटा डाइलासिस मेसिन मध्ये दुईवटा कोभिडका बिरामीका लागि भनेर छ्ट्टाएको भएपनि तिनै मेसिन बिग्रिएका कारण मृगौला रोगी जो कोरोना संक्रमणबाट पनि पीडित भएका बिरामीहरु मारमा परेका थिए । यो बीचमा उपचार अभावका कारण केही मृगौला पीडितहरुको मृत्यु समेत भईसकेको छ ।

-विज्ञापन-

स्वास्थ्य मंत्रालयबाट थप एकथान डाइलासिस मेसिन समेत बगाएर आफूहरुले हाल सेवा लिइरहेको र अब नारायणी अस्पतालमा डाइलासिसको कुनै समस्या नरहेको अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन डा. बीरेन्द्र प्रधानले बताउनु भएको छ । उहाँले हाल अस्पतालमा ८ वटा डाइलासिस मेसिन चुस्त अवस्थामा रहेको पनि जानकारी दिनुभयो ।