Categories
प्रदेश २ समाचार

बारा प्रहरीद्धारा नारायणी अस्पतालबाट चोरी भएको स्वास्थ्य सामाग्री बरामद

-विज्ञापन-
  • एस.एस. पटेल, बारा ।

विरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालको स्टोरबाट चोरी गरी मास्क पिपिई लगायतका स्वास्थ्य सामग्रीहरु जनकपुर तर्फ लागिरहेको अवस्थामा बारा प्रहरीले चोरी भएको स्वास्थ्य सामगीहरु बरामद गरेको छ ।

नारायणी उपक्षेत्रीय अस्पताल स्टोर शाखाका प्रमुख शुसील यादवका अनुसार कार्यालय सहयोगी विनोद महतोले जनकपुरमा स्वास्थ्य सामग्री पठाएको वखत बारामा प्रहरीले पक्राउ गरेको र अस्पतालमा फर्काइदिएको बताउनुभयो । यद्यपी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ड डा. बीरेन्द्र प्रधानले आवश्यक छानविन गरी कारवाही गरिने बताउनुभयो ।

-विज्ञापन-