Categories
प्रदेश २ समाचार

जीतपुरसिमरा-१० मा ६३० घरधुरीलाई भरिएको ग्यास सिलिन्डर सहितको चुल्हो सेट वितरण

-विज्ञापन-
  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० मा ग्यास भरिएको ग्यास सिलिन्डर सहित चुल्होको सेट वितरण गरिएको छ । उपमहानगरको १० नम्बर वडामा ६३० लछित वर्गलाई ग्यास भरिएको सिलिन्डर सहित चुल्होको सेट निशुल्क वितरण भएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० वडा अध्यक्ष सरोज कुमार राउटले आफ्नो वडाका महिलाहरू धुँवामा खान बनाउदा गाउँमा वातावरण प्रदुषण हुनेगरेको साथै खाना पकाउनेलाई विभिन्न किसिमको रोग लाग्ने भएको हुदा उक्त समस्याबाट जोगिनका लागि आफ्नो वडामा भरिएको ग्यास सिलिन्डर, चुल्हो, रेगुरेटर, ग्यास पाईप, सेफ्टी क्लिप वितरण गरेको बताउनु भयो ।

-विज्ञापन-

वडा स्तरिय ३५ लाख ९० हजारको बजेट विनियोजन गरि गाँउका लछित वर्ग जस्को घरमा धुवावला चुल्होमा खान पाक्ने गर्छ सोही घरधुरीलाई ग्यास सिलिन्डर सहित चुल्होको सेट वितरण गरिएको वडा अध्यक्ष राउतले जानकारी दिनु भयो ।

अध्यक्ष राउतका अनुसार ग्यास चुल्हो नभएका गाँउका लछित वर्गहरूको खोजि गरि नाम दर्ता गरि नागरिकताको प्रमाण पत्रको आधारमा ग्यास सिलिन्डर सहित चुल्हो सेट वितरण भएको हो ।