Categories
प्रदेश २ समाचार

जीतपुरमा मन्त्री एकवाल मियाँलाई २ वटा ज्ञापनपत्र

-विज्ञापन-
  • एस.एस. पटेल, बारा ।

नवनियुक्त युवा तथा खेलकुद मन्त्री माननीय एकवाल मियाँलाई जीतपुरमा २ वडा ज्ञापनपत्र बुझाईएको छ । मन्त्री मियालाई जीतपुरमा मिनि स्टेडियम बनाउन र पथलैया विरगञ्ज ६ लेन सडक विस्तारको काम द्रुत गतिमा गराउन पहल गर्न भनी २ वडा ज्ञापनपत्र बुझाईएको हो ।

युवा तथा खेलकुद मन्त्री माननीय एकवाल मियाँलाई रेडिमेड व्यवसायी संघ जीतपुरले रोडको विषयमा ज्ञापनपत्र बुझाएको हो भने जीतपुरका युवा खेलकुद प्रेमिहरू जीतपुरको शान्तिटोल खेल मैदानलाई मिनि स्टेडियम बनाउन ज्ञापनपत्र बुझाएका हुन ।

-विज्ञापन-

नवनियुक्त युवा तथा खेलकुद मन्त्री माननीय एकवाल मियाँ आफ्नै बारा क्षेत्र नम्बर ४ मा भेटघाट कार्यक्रममा आउदा मन्त्रीलाई जीतपुरमा दुई वटै ज्ञापनपत्र बुझाईएको हो ।

मन्त्री एकवाल मियाँले रोडको विषयमा ज्ञापनपत्र बुझ्दै आफु पहिला पनि संसाद भवनमा यस्को विषयमा कुरा उठाईसकेको भन्दै अब मन्त्री भईसक्दा पथलैया विरगञ्ज ६ लेन सडक विस्तारलाई तिव्र गतिमा अगाडि बढाउन सकेको पहल गरि छिटै सडक निर्माण गराउनमा सहयोग गर्ने प्रतिबधदा गर्नुभएको थियो ।

यसैगरि जीतपुरमा मिनि स्टेडियम बनाउने ज्ञापनपत्र बुझ्दै असारमा यस विषयमा सकेको सहयोग गरि मिनि स्टेडियम बनाउन सहयोग गर्ने प्रतिबधता गर्नु भएको थियो ।