राइजिंग स्टार मेलिना मैनालीको “तिमी छौ र” गित युटुवको ट्रेन्डिङमा (भिडियो सहित)

  • एस.एस. पटेल, बारा ।

राइजिंग स्टार मेलिना मैनालीको नँया गित “तिमी छौ र” गितको भिडियो युटुवको ट्रेन्डिङमा पर्न सफल भएको छ । कमल खत्रीको “तिमी छौ र” गितलाई मेलिनाले फिमेल भर्सनमा गाएकिहुन । मेलिनाको एक पछि अर्को गित फेस्बुक देखि युटुवमा निकैनै राम्रो मार्केट लिरहेको छ ।

राइजिंग स्टार मेलिना मैनालीको पछिलो गित “फिका” पनि युटुवको ट्रेन्डिङमा परेको थियो । “फिका” गित पछि “तिमि छौ र” पनि १२ घण्टा नबित्दै एक लाख भन्दा बढिले हेरिसकेका छन् भने १३ हजार भन्दा बढिले लाईक र एक हजारले कमेन्ट मार्फट प्रतिकृया दिएका छन् ।

मेलिना मैनालीको “तिमी छौ र” गितलाई कमल खत्रीले लेखेका छन साथै खत्रीले नै गितमा म्युजीक दिएका छन् भने रिकेस गुरूङले गितलाई सम्पादन गरेका छन् ।

हरि हुमागाईको निर्देशनमा तयार भएको “तिमी छौ र” गितको म्युजीक भिडियोमा पल साहकविता रायाले अभिनय गरेका छन् भने रमेस थापाले भिडियोलाई सम्पादन गरेका छन् ।

भिडियो लिंक: