Categories
प्रदेश २ समाचार

जीतपुरसिमराले ग र घ वर्गलाई पनि अपाङ्गता भत्ता दिने

  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले ग र घ बर्गलाई पनि अपाङ्गता भत्ता दिने भएको छ । चालु आर्थिक वर्षमा अपाङ्गता भएका ग र घ बर्गलाई पनि चालू आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता दिने निर्णय भएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाकि उपप्रमुख सरस्वती देवी चौधरीको अध्यक्षतामा अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण, स्थानीय समन्वय समितिको बैठकले अपाङ्गता परिचयपत्रमा भत्ता नपाउनेको हकमा विपन्नसहित सबै ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई आन्तरिक स्रोतबाट भत्ता दिने निर्णय गरेको हो ।

-विज्ञापन-

परिचयपत्र जारी भएको मितिदेखि २०७८ असार मसान्त सम्मको अपाङ्ग भत्ता प्रदान गरिने व्यवस्था गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख महिला अधिकृत सीमा यादवले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0