Categories
देश समाचार

एम.बि.एस (MBS) कक्षा संचालनको लागि सिमरा कलेजलाई त्रि.विले दियो स्वीकृति

  • एस.एस. पटेल, बारा ।

त्रिभुवन विश्वविद्यालयले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित रहेको सिमरा कलेजलाई  एम.बि.एस Master of Business Studies (MBS) को कक्षा संचलन गर्न स्वीकृति दिएको छ ।

२०७७ फाल्गुन ११ गते गोरखापत्रमा प्रकाशित गरिएको सुचनाको आधारमा एम.बि.एस कक्षा संचालनको लागि सिमरा कलेजले प्रस्ताव पेश गरेका थियो र चैत्र ६ गते व्यवस्थापन संकाय विद्यापरिषद् स्थायि समितिको बसेको बैठकले सिमरा कलेजलाई एम.बि.एस कक्षा संचालनको सम्भाव्यता अध्ययन सुचिमा राखेको थियो ।

-विज्ञापन-

सम्भावयता अध्ययन पश्चात् त्रि.विले २०७८ श्रावन १ गते एक सुचना जारि गर्दै सिमरा कलेस सहित देशका २३ कलेज/कयाम्पसलाई शैक्षिक वर्ष २०७८/७९ देखि एम.बि.एस कार्यक्रम संचालन गर्न स्वीकृति दिएको जानकारी गराएको छ ।

सिमरा कलेजलाई एम.बि.एस. कक्षा संचालनको अनुमति पाए पछि जीतपुरसिमराका शिक्षक, विद्यार्थी, अभिभावक लगायत स्थानिय जनताहरू समाजीक संजाल मार्फत खुसि व्यक्त गरिरहेका छन् ।

त्रि.विबाट एम.बि.एस कक्षा संचालनको स्वीकृति पाएका कलेजले २०७८ श्रावन १० गते बेलुका ५ बजे भित्र तोकिएको सम्बन्धन शुल्क बुझाउनु पर्ने छ । काठमाडौं उपत्यका भित्रका कलेज/क्यापसको हकमा रू ५ लाख र उपत्यका बाहिरका कलेज/क्याम्पसको हकमा रू २ लाख ५० हजार शुल्क बुझाउनु पर्ने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0