Categories
प्रदेश २ समाचार

हिलो र फोहरले सजिएको जीतपुरको नाम परिवर्तन गरि हिलोपुर पर्यटकिय नगरी राख्दा कस्तो होला?

  • एस.एस. पटेल, बारा ।

फुलमाला र सुन्दरताले सजिएको सहर धेरै होला तर सडक डिभिजनको लापरबाहीले सडक नबन्दा बाराको जीतपुरसिमरा उपमहनागरपालिका र तेस्मा पनि वडा नम्बर ७ जीतपुर करिब ३ वर्ष देखि हिलो, धुलो र फोहरले सजिएको छ ।

जीतपुरका जनताहरू ३ वर्ष देखि आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर जीवन चलाई रहेका छन्, कतिलाई त बाटोको धुलोले क्यान्सर जस्ता रोग सम्मेत लागिसकेको होला ।

-विज्ञापन-

जीतपुरमा वर्षायामको मौसममा हिलो भयो गर्मिको मौसमा धुलो भयो रोडलाई बनाउ भनेर जीतपुरका सर्वसाधारणहरू बारमबार संम्बन्धित निकायमा पहल गर्दा पनि कसैले नसुने पछि हाल जीतपुरका जनता थाकेर हिलो, फोहोर र धुलो मै बस्न बाध्य भएका छन् ।

सडक नबन्दा जीतपुरको व्यापार पनि दिनप्रतिदिन घट्दै गएको छ । जीतपुरमा बजार गर्न आउने ग्राहकहरूले समेत याँहा कति धुलो छ भनेर गुनासो गरेर जाने गरेको जीतपुरका व्यापारी सुरज गुप्ताले बताउनु भयो ।

जीतपुरको अब पुनर्नामाकरण गरि हिलोपुर पर्यटकिय नगरि राख्दा कस्तो होला भनेर जनता संग प्रश्न गर्दा जनप्रतिनिधि र संबंधित निकायको मजाक उडाउदै हिलोपुर एकदम राम्रो नाम रहेको भन्दै हास्दै जवाफ दिन्छन् ।

सडक डिभिजनका कर्मचारी र प्रमुखहरू जितपुरमा आएर एक महिना भित्रमा यहाँ काम शुरू हुन्छ भन्दै आश देखाउछन् र गायब हुन्छ दोस्रो पटक आफ्नो अनुहार पनि देखाउन आउदैन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0