Categories
प्रदेश २ समाचार

जीतपुरको निर्माणाधीन सार्वजनिक शौचालयको काम रोकियो, अध्यक्ष गिरिद्वारा अहिले सम्मको लेखाजोखा सार्वजनिक

  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा निर्माणाधीन सार्वजनिक शौचालयको काम हालको लागि बन्द भएको छ । कोरोना माहामारी र लकडाउनको कारण तोकिएको समयमा काम सम्पन्न नहुदा निर्माणको म्याद थपको लागि पहल गरिएको तर नगरको कार्यपालिका बैठक नबसेको हुनाले म्याद थप हुननसक्दा काम रोकिएको हो ।

कार्यपालिका बैठकले म्याद थप गरेपछि पुन: काम तिब्र रूपमा अगाडि बढ्ने सार्वजनिक शौचालय निर्माण उपभोक्ता समिति जीतपुरका अध्यक्ष प्रकाश गिरिले बताउनु भयो । साथै अध्यक्ष गिरिले अहिले सम्मको हिसाब सार्वजनिक गर्दै आफू एक पैसा नखान्छु न खुवाउछु भन्दै सत प्रतिशत इमान्दारीले काम गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

-विज्ञापन-

अध्यक्ष गिरिले आफ्नो फेस्बुक मार्फत नगरपालिकाद्वारा निकास भएको ६ लाख ४७ हजार ६ सय ६९ रूपैको चेक सार्वजनिक गर्दै आफू एक पैसाको पनि हिनामिना नगर्ने प्रतिबद्धता गर्दै जोकोहि पनि आएर आफू संग हिसाब कितावको विवरण माग्न सक्ने जानकारी दिनुभएको थिय‍ो ।

यता जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ताले सार्वजनिक शौचालय निर्माणको म्याद थपका लागि र सार्वजनिक शौचालय निर्माणका लागि जति सक्दो सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।

जीतपुरमा वडा स्तरिय २० लाख ९३ हजार २०० रकमको बजेट बाट अत्याधुनिक सार्वजनिक शौचालय निर्माण भरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0