Categories
प्रदेश २ समाचार

१० वर्षमा पनि नहुने काम एमाले सरकारले ३ वर्षमा गर्यो: पुर्व मन्त्री ज्वाला साह

  • एस.एस. पटेल, बारा ।

पुर्व कृषि मन्त्री ज्वाला साहले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा एक पुलको उद्घाटन गर्दै एमालेको सरकारले १० वर्षमा पनि नहुने काम ३ वर्षमा गरेको बताउनु भएको छ ।

संघिय सरकारको बजेटबाट जीतपुरसिमरा २३ भलुहि र कृषिटोलमा करिब ६१ लाखको लागतमा निर्माण भएको बाध र ५६ मिटरको झुलुंगे पुलको उद्घाटन गर्दै एमाले प्रदेश नम्बर २ को अध्यक्ष समेत रहेकि पुर्व मन्त्री ज्वाला कुमारी साहले जनादेशबाट आएको सरकारलाई परमादेशले हटाएको विश्वमै पहिलो घटना रहेको भन्दै पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले गरेका कामहरूको प्रशंसा गर्नु भएको थियो । अरूले १० वर्षमा पनि गर्न नसक्ने कामहरू ओलिको सरकारमा ३ वर्षमा पूरा गरेको समेत दाबी गर्नु भएको थियो ।

-विज्ञापन-

यता जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ बलुहि र कृषिटोल जोड्ने बाटोमा पुल निर्माण भएको हुनाले २ ओटा टोलका स्थानियलाई आवतजावत गर्न सहज भएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष अस्लम देवानले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0