Categories
प्रदेश २ समाचार

२५ वर्ष पछि जीतपुर आउदा

  • एस.एस. पटेल, बारा ।

स्रावनको महिना चल्दै छ, हिन्दु धर्म मान्नेहरू देश तथा विदेशका शिव मन्दिरहरूमा धाम गर्न जाने गर्दछन । नेपालमा पनि धेरै शिव मन्दिरहरू विश्वव्यापी रूपमा प्रसिद्ध छन ।

पर्सा जिल्लाको भाता मन्दिर पनि धामको लागि निकैनै प्रसिद्ध छ । बारा जिल्लाबाट करिब २० जनाको टोलि पहिलो सोमबारको दिन भातामा जल चढाउन भनेर जीतपुर हुदै भाता तिर जाँदै गर्दा जीतपुरमा समान खरिदका लागि झरेका थिए ।

-विज्ञापन-

भाता मन्दिरमा जल चढाउन हिनेका भक्तहरू बाट एक जनाले जीतपुर पहिलेको भन्दा निकै परिवर्तन भएको भने, यो कुरा सुन्ने बितिकै बजारका एक व्यापारीले कती वर्ष पछि जीतपुर आउनु भयो भनेर प्रश्न गरे, भक्तको जवाफ आयो २५ वर्ष ।

२५ वर्ष पछि जीतपुर बजार आउदा जीतपुरमा ठुला ठुला बिल्डिङ, बजार विस्तार र बजार एकदम ठूलो भएको भन्दै जीतपुरलाई चिन्नै गार्हो भयो भनेर पहिलाको बजार र अहिको बजारको फरक छुट्याउदै जीतपुर बजार सतप्रतिशत प्रगति गरेको भक्तले बताए ।

भक्तका अनुसार जीतपुरमा सडकको मात्र समस्या छ सडक बने पछि जीतपुर बजार प्रदेशकै उत्कृष्ट बजार बन्न सक्छ । याँहा करिब ३ वर्ष देखि सडब अस्तव्यस्त अवस्थामा छ तर सडक डिभिजनले भने ठेकेदार संगको मत्भेदका कारण सडक बनाउन सकेको छैन ।

अहिले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को जीतपुर बजार बारा र पर्साकै सबै भन्दा ठुलो र सस्तो बजारको रूपमा स्थापित हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0