आमा बन्दैछिन् दीपिका पादुकोण

नयाँ दिल्ली, फागुन १८- भारतीय अभिनेत्री दीपिका पादुकोण आमा बन्न लागेकी छिन् । अभिनेत्री आफैँले उनी गर्भवती भएको घोषणा गरेकी हुन् । दीपिकाले रणवीर सिंहलाई ट्याग गर्दै एउटा पोस्ट गरेकी छिन् । पोस्टमा शिशुको लुगा, जुत्ता, खेलौना आदिले २०२४ सेप्टेम्बरलाई घेरेको छ । अर्थात् दीपिका रणवीरको पहिलो सन्तानको जन्म सेप्टेम्बरमा हुनेछ । दीपिकाको यो पोस्टमा … Read more

संसारमा पहिलो पटक ‘एआई होलोग्राम’सँग हुदैँछ विवाह, राेचक कुरा थाहा पाउनुहाेस्

काठमाडौं, ५ फागुन । एउटी स्पेनी महिलाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट बनेको पार्टनरसँग बिहे गर्न लागेकी छिन् ।  यो संसारको पहिलो हाइब्रिड जोडी हुनेछ, जसमा एक व्यक्ति जीवित र अर्को कृत्रिम हुनेछ। विश्वमा पहिलो पटक जीवित व्यक्तिले भर्चुअल पार्टनरसँग विवाह गर्ने घटनाले विश्वमा उनले चकित पार्दैछिन। कलाकार एलिसिया फ्रेमिसले एआई उत्पन्न होलोग्रामसँग विवाह गर्न लागेकी … Read more

अमेरिकी डलरको भाउ आज पनि स्थिर, कतिमा हुँदैछ किनबेच?

काठमाडौं, १५ माघ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।  शुक्रबारदेखि स्थिर रहेको अमेरिकी डलरको भाउले यसदिन पनि स्थिर रहेको हो। आज अमेरिकीडलर एकको खरिददर १३२ रूपैयाँ … Read more

बिश्वको सबैभन्दा ठुलो रेल्वे स्टेशन, जहाँ ४४ ट्रेन एकैपटक रोकिन सक्छन्

न्युर्योक, १४ माघ । आज हामी विश्वको सबैभन्दा ठूलो रेलवे स्टेशनको कुरा गर्दैछौं। अमेरिकाको न्यूयोर्क शहरमा अवस्थित ग्रान्ड सेन्ट्रल टर्मिनल संसारको सबैभन्दा ठूलो रेलवे स्टेशन हो। प्लेटफर्मको अधिकतम संख्याको हिसाबले यो संसारको सबैभन्दा ठूलो रेलवे स्टेशन हो। ग्राण्ड सेन्ट्रल टर्मिनलको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि लेखिएको छ । तपाईलाई थाहा पाउँदा छक्क पर्नुहुनेछ कि … Read more

इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार पुग्यो

इजरायल, पुस ५– गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार पुगेको छ । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् । यसैबिच वेस्ट बैङ्कमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ३०१ र घाइतेको सङ्ख्या ३ हजार ३६५ पुगेको मन्त्रालयले जनाएको छ । गाजामा पछिल्लो२४ घण्टामा इजरायलको आक्रमणमा २१४ प्यालेस्टाइनीको … Read more

चीनमा भूकम्प जाँदा १०० भन्दा धेरैको मृत्यु

काठमाडौं,पुस ३- उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ । दुई सय भन्दा बढी घाइते छन् । नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६।२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र … Read more

इजरायलद्वारा गाजामा हवाइ आक्रमण, १०० भन्दा बढीको मृत्यु

काठमाडौं, मंसिर १८- इजरायलले आइतबार युद्धग्रस्त गाजापट्टीका विभिन्न क्षेत्रमा हवाइ आक्रमण गर्दा कैयौँ सर्वसाधारणको मृत्यु भएको छ। ​यस क्रममा सयौँ मानिस घाइते भएको हमासको स्वास्थ्य मन्त्रालयले बताएको छ । इजरायली हवाइ हमला उत्तरी पट्टीको जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निशाना बनाएर भएको थियो । पछिल्लो केही घण्टामा यहाँ ३७ जनाको ज्यान गएको छ। गाजा … Read more

पाकिस्तानका कप्तान बाबर आजमले दिए राजीनामा

काठमाडौ,कात्तिक २९- पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले तीनवटै क्रिकेटको संरचनाको कप्तान पदबाट राजीनामा दिएका छन् । बाबरले बुधबार राष्ट्रिय क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिने निर्णय सार्वजनिक गरेका हुन् । आज, म सबै ढाँचामा पाकिस्तानको कप्तानबाट राजीनामा गर्दै छु। यो कठिन निर्णय हो । तर मलाई लाग्छ कि यो निर्णयको लागि सही समय हो । … Read more

शरणार्थी शिविरमा इजरायलको बम वर्षा, २०० जनाको मृत्यु

काठमाडौं, कात्तिक १६- इजरायलले गाजापट्टीको एक शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा कम्तीमा २ सय जनाको मृत्यु भएको छ। जबालिया शरणार्थी शिविरमा इजरायलले पटकपटक खसालेको बमका कारण १२० जना भन्दा बढी भग्नावशेषमा पुरिएर बेपत्ता छन्। ७ सय ७७ जना घाइते भएका छन्। संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसले शिविरमा पटकपटक आक्रमण गरेर निहत्थाको ज्यान लिइएको आरोप … Read more

भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु, ५० घाइते

भारत, कात्तिक १३- भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् । आइतबार राति विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगढा यात्रामा रहेका दुईवटा रेल ठोक्किएका र १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । गत जुन महिनामा ओडिसामा भएको रेल दुर्घटनामा झण्डै ३०० जनाको मृत्यु … Read more