तेस्रो मनहर्वा गोल्डकपको उपाधीका लागि हेटौंडा र बिरगंज भिड्ने

बारा, माघ १८ गते ।

साविक विजेता नवदुर्गा यूवा क्लब सिमरालाई सेमीफाईनलमा स्तब्ध पार्दै रिगल रिसोर्ट हेटौंडा तेस्रो मनहर्वा गोलकपको फाईनल प्रवेश गरेको छ । विहिबार बडहर्वा खेल मैदानमा भएको दोस्रो सेमीफाईनल खेलमा निर्धारित समयमा दुबैपक्षबाट गोल रहित बराबरी भएपछी नतिजा टाईबेकरबाट निकालिएको हो ।

टाईवेकरमा सिमराका विबेक गुरुङ्ग र आयूष रानाको प्रहार रिगल रिसोर्ट हेटौंडाका गोल रक्षक गोपी बर्तौलाले सहजै बचाउ गरे । दुई बल बचाउसँगै टिमले जित निकाल्न सफल भयो । रिगलले उपाधिका लागि शनिबार बिरगजं यूनाईटेड पर्सासँग फाईनल खेल खेल्ने छ । बिरगजं यूनाईटेड आयोजक मौवादेवी यूवा क्लबलाई बुधबार भएको पहिलो सेमीफाईनल खेलमा २ शुन्य गोल अन्तरमा पराजित गदै फाईनल प्रवेश गरि सकेको छ ।

रिगलको जितका लागि आशिष क्षेत्री, निमेश मोक्तान, समुअल सुनार र रोशन दोङ्गले समान एकएक गोल गरे । सुजल श्रेष्ठको प्रहार भने नवदुर्गा सिमराका गोल रक्षक जयराम चौधरीले उकृष्ठ बचाउ गरेका थिए ।यता नवदुर्गाका खेलाडी सिसास थापा, मोहीत गुरुङ्ग र दिपेश राईले मात्रै गोल गर्न सके । विवेक र आयूष टिमका लागि गोल गर्न चुके । जस्का कारण नवदुर्गाको यसबर्ष मनहर्वा गोल्डकप उपाधीको सपना अधुरै बन्न गयो ।

क्वाटरफाईनलमा बागमती यूवा क्लबका विरुद्धको खेलमा ४ जना विदेशी खेलाडी उतारेर उत्कृष्ठ प्रदर्शन गरेको थियो । ५–१ गोलको अन्तरमा जित निकाल्दै सेमीफाईन प्रवेश गरेको सिमराको फाईनल यात्रामा भने पूर्णविराम लागेको छ ।

आजको खेलको म्यान अफ दि म्याच रिगल रिसोर्ट हेटौंडाका गोल रक्षक गोपि बर्तौला चुनिए । उनले २ हजार ५ सय पुरस्कार प्राप्त गरे । प्रतियोगिताका विजेताले नगद दुईलाख र उप विजेताले एकलाख रुपैंया उपुरस्कार सहित ट्रफि प्राप्त गर्ने छन् ।

शनिबार जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले प्रतियोगिताको समापन गर्ने छन् । उक्त दिनको खेल दिउँसो २ बजेबाट सुरु हुने आयोजक समितिका अध्यक्ष निर्मल कुमार यादवले जानकारी दिए ।

खेल सुरुहुनु अघि नृत्य, झाँकी प्रस्तुत गरिने छ । उक्त दिनको खेल हेर्न दर्शकले भने एकसय रुपैंयाको टिकट लिनु पर्ने छ । फाईनल हेर्न दर्शकको अत्याधिक भिड हुने संभावनालाई मध्यनजरगरी दिउँसो १२ बजेबाटै टिकट काउण्टर खुल्ला गरिने उनले बताए ।