रेल सञ्चालन व्यवस्थित बनाउन वीरगञ्जका बन्दरगाहमा पूर्वाधार विकास समितिको अनुगमन

वीरगञ्ज, २०८३ कात्तिक १० गते  प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र वीरगञ्ज एकीकृत जाँचचौकीको स्थलगत अनुगमन गर्नुभएको छ। सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणाअन्तर्गत सञ्चालन भइरहेका दुवै पूर्वाधारको भौतिक अवस्था, व्यवस्थापकीय पक्ष तथा सेवा प्रवाहको प्रभावकारिताबारे जानकारी लिने उद्देश्यले अनुगमन गरिएको … Read more

चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा सचेत रहन आग्रह

चितवन, कात्तिक १० – शिक्षा विकास तथा समन्वय इकाइ, चितवनले जिल्लाका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा प्रचलित कानुन र आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ। इकाइले जिल्लाका सम्पूर्ण विद्यालयलाई पत्राचार गर्दै शिक्षक तथा कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोग व्यवस्थित बनाउन र कानुनी व्यवस्थाको पालना गर्न अनुरोध गरेको हो। शिक्षा नियमावली, २०५९ … Read more

कलैयाबाट ठूलो परिमाणमा सुईजन्य प्रतिबन्धित लागूऔषध बरामद

बाराको कलैयाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित सुईजन्य लागूऔषध बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मटिअर्वाबाट खटिएको टोलीले कलैया उपमहानगरपालिका-१० सनिचरेमठस्थित सीमा इलाकाबाट उक्त लागूऔषध बरामद गरेको हो। सुरक्षा टोलीले जाँचका क्रममा पाँच सय पिस डाइजेपाम इन्जेक्सन, एक सय ९५ पिस बुप्रेलिनर्फिन इन्जेक्सन, तीन सय पिस नुफिन बुप्रेलिनर्फिन इन्जेक्सन र पाँच … Read more

धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना घाइते

जनकपुरधाम, कात्तिक २ । धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार गएराति सबैलाबाट धनुषाधामतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१ प ६४४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९०३१ नम्बरको बसले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक धनुषाधाम … Read more

पश्चिमी वायुको प्रभाव : पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

काठमाडौं, कात्तिक २ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा केही प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा भने बिहानपख हुस्सु र कुहिरो लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ। … Read more

बुढानीलकण्ठबाट २२ केजी सुन बरामद

काठमाडौँको बुढानीलकण्ठस्थित चपलीबाट प्रहरीले २२ केजी सुन बरामद गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार मध्याह्नदेखि अपरेसन चलाएर सुन बरामद गरेको हो। सुनसँग ‘कनेक्सन’ देखिएका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको स्रोतको दाबी छ। पक्राउ परेकाहरूको विवरण भने सार्वजनिक गरिएको छैन। घटनाबारे प्रहरीले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै जानकारी … Read more

बारामा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

बारा, असोज २२ — बाराको निजगढ नगरपालिका–१२ रामथलीमा घरायसी विवादका क्रममा श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४७ वर्षीया सुकुमाया मोक्तान रहेकी छन्। प्रहरीका अनुसार ५५ वर्षीय विजय मोक्तानले बुधबार राति घरायसी विवादका क्रममा श्रीमती सुकुमायालाई लहराको टुक्राले कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएकी सुकुमायाको घरमै स्थानीय स्वास्थ्यकर्मी बोलाएर जाँच गरिएको … Read more

कांग्रेसको १५औँ महाधिवेशन : बाराबाट १४ जना केन्द्रीय नेतृत्वको दौडमा

काठमाडौँ, असोज २२ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि काठमाडौँको खुलामञ्चमा निर्वाचन प्रक्रिया सुरु हुँदैछ। महाधिवेशनमा बारा जिल्लाबाट विभिन्न पद तथा क्लस्टरमा गरी १४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। बाराबाट उम्मेदवारी दिनेमा पूर्वमन्त्री, पूर्वसंविधानसभा सदस्यदेखि युवा नेतासम्म रहेका छन्। समावेशी उपसभापति पदमा पूर्वमन्त्री फरमुल्लाह मन्सुरले उम्मेदवारी दिएका छन् भने खुला केन्द्रीय … Read more

दसैँमा घर जाने यात्रुका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ, असोज २० — यस वर्षको दसैँमा घर जाने यात्रुका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेललगायत पदाधिकारीको उपस्थितिमा बसेको बैठकले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो। बैठकपछि विभागका महानिर्देशक पोखरेलले … Read more

मुआब्जा नपाएको भन्दै ड्राइपोर्ट भन्सारको गेटमै स्थानीयको धर्ना

वीरगञ्ज, असोज २० — सुख्खा बन्दरगाह तथा एकीकृत जाँचचौकी (आईसीपी) क्षेत्रको जग्गा तथा घरको मुआब्जा नपाएको भन्दै स्थानीयवासीले ड्राइपोर्ट भन्सारको गेटमै धर्ना दिएका छन्। मुआब्जा वितरणमा ढिलाइ भएको भन्दै स्थानीयवासीले सोमबारदेखि ड्राइपोर्ट भन्सारको मुख्य गेटमा धर्ना सुरु गरेका हुन्। करिब ११ वर्षअघि सरकारले ड्राइपोर्ट क्षेत्रका लागि आवश्यक जग्गा रोक्का गर्दै आफ्नो मातहतमा लिएको थियो। त्यस … Read more