बुढानीलकण्ठबाट २२ केजी सुन बरामद

काठमाडौँको बुढानीलकण्ठस्थित चपलीबाट प्रहरीले २२ केजी सुन बरामद गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार मध्याह्नदेखि अपरेसन चलाएर सुन बरामद गरेको हो। सुनसँग ‘कनेक्सन’ देखिएका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको स्रोतको दाबी छ। पक्राउ परेकाहरूको विवरण भने सार्वजनिक गरिएको छैन। घटनाबारे प्रहरीले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै जानकारी … Read more

बारामा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

बारा, असोज २२ — बाराको निजगढ नगरपालिका–१२ रामथलीमा घरायसी विवादका क्रममा श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४७ वर्षीया सुकुमाया मोक्तान रहेकी छन्। प्रहरीका अनुसार ५५ वर्षीय विजय मोक्तानले बुधबार राति घरायसी विवादका क्रममा श्रीमती सुकुमायालाई लहराको टुक्राले कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएकी सुकुमायाको घरमै स्थानीय स्वास्थ्यकर्मी बोलाएर जाँच गरिएको … Read more

कांग्रेसको १५औँ महाधिवेशन : बाराबाट १४ जना केन्द्रीय नेतृत्वको दौडमा

काठमाडौँ, असोज २२ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि काठमाडौँको खुलामञ्चमा निर्वाचन प्रक्रिया सुरु हुँदैछ। महाधिवेशनमा बारा जिल्लाबाट विभिन्न पद तथा क्लस्टरमा गरी १४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। बाराबाट उम्मेदवारी दिनेमा पूर्वमन्त्री, पूर्वसंविधानसभा सदस्यदेखि युवा नेतासम्म रहेका छन्। समावेशी उपसभापति पदमा पूर्वमन्त्री फरमुल्लाह मन्सुरले उम्मेदवारी दिएका छन् भने खुला केन्द्रीय … Read more

दसैँमा घर जाने यात्रुका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ, असोज २० — यस वर्षको दसैँमा घर जाने यात्रुका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेललगायत पदाधिकारीको उपस्थितिमा बसेको बैठकले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो। बैठकपछि विभागका महानिर्देशक पोखरेलले … Read more

मुआब्जा नपाएको भन्दै ड्राइपोर्ट भन्सारको गेटमै स्थानीयको धर्ना

वीरगञ्ज, असोज २० — सुख्खा बन्दरगाह तथा एकीकृत जाँचचौकी (आईसीपी) क्षेत्रको जग्गा तथा घरको मुआब्जा नपाएको भन्दै स्थानीयवासीले ड्राइपोर्ट भन्सारको गेटमै धर्ना दिएका छन्। मुआब्जा वितरणमा ढिलाइ भएको भन्दै स्थानीयवासीले सोमबारदेखि ड्राइपोर्ट भन्सारको मुख्य गेटमा धर्ना सुरु गरेका हुन्। करिब ११ वर्षअघि सरकारले ड्राइपोर्ट क्षेत्रका लागि आवश्यक जग्गा रोक्का गर्दै आफ्नो मातहतमा लिएको थियो। त्यस … Read more

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम, असोज १९ — धनुषा र सिरहा जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा पुगेको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले आगामी मङ्सिरदेखि पुल सञ्चालनमा ल्याउने गरी निर्माणलाई तीव्रता दिएको जनाएको छ। कार्यालय प्रमुख कृष्णकुमार महतोका अनुसार पुलको १० नम्बर पिलर निर्माण सम्पन्न भइसकेको छ भने सुपर ढलान, फाउण्डेसन तथा तीनवटा पिलरको सबलीकरण र ढलानको … Read more

नेपाली कांग्रेस विश्रामपुर गाउँपालिकाको सचिव पदमा डा. रिजवान बाबु ठकुराई सर्वसम्मत

बारा, असोज ०९ गते । नेपाली कांग्रेस विश्रामपुर गाउँपालिकाको १५औँ महाधिवेशनबाट गाउँपालिकाको सचिव पदमा डा. रिजवान बाबु ठकुराई सर्वसम्मत चयन भएका छन्। महाधिवेशनबाट ठकुराईलाई सचिव पदमा सर्वसम्मत चयन गरिएको हो। उहाँको चयनसँगै गाउँपालिकामा नेपाली कांग्रेसको संगठनलाई थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ। महाधिवेशनमा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

सिमरा चक्कु प्रहार घटनामा मुख्य आरोपितसहित पाँच जना नियन्त्रणमा

बारा — बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, नेपाल केबुल अगाडि शनिबार साँझ भएको चक्कु प्रहार घटनाको अनुसन्धानका क्रममा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये चक्कु प्रहार गर्ने मुख्य आरोपितका रूपमा २३ वर्षीय आयुश राईको नाम खुलेको प्रहरीले जनाएको छ प्रहरीका अनुसार घटनालगत्तै फरार भएका राईलाई राति करिब ९ः३० बजे जीतपुरसिमरा–१६ महेन्द्रनगरस्थित डाँडाटोलको धान खेतबाट नियन्त्रणमा लिइएको … Read more

जीतपुरसिमरामा चक्कु प्रहारबाट युवकको मृत्यु

बारा — बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, नेपाल केबुल अगाडि शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जीतपुरसिमरा–२ का करिब ३५ वर्षीय शेरबहादुर खड्का रहेका छन्। प्रहरीका अनुसार खड्का सिमरास्थित सम्झना स्टाफ होटलमा खाजा खाइरहेको अवस्थामा चक्कु प्रहारबाट गम्भीर घाइते भएका थिए। तत्कालै उनलाई उपचारका लागि जीतपुरसिमरा नगर अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव … Read more

जितपुरमा ब्राउन सुगरसहित २० वर्षीय युवक पक्राउ

बारा । बाराको जितपुरमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब २ बजे जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित गढीमाई मन्दिर नजिकैको बायाँ सडकको सर्भिस लेनमा शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा युवक पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको टोलीले पर्साको वीरगञ्ज महानगरपालिका–३१ … Read more