कोरोनाले जीतपुरसिमरामा वडा सदस्यको मृत्यु

कोरोना संक्रमणका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा वडा सदस्यको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार कोरोनाका कारण वडा नम्बर ५ का वडा सदस्यको मृत्यु भएको हो ।

वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचाररत ५५ वर्षीय संक्रमित सदस्यको आज बिहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

वैशाख २७ गते संक्रमण पुष्टि भएका ती वडा सदस्यलाई त्यही दिन अस्पताल भर्ना गरिएको थियो ।