१४औँ जीतपुरसिमरा गोल्डकपः उद्घाटन खेलमा आर्मीको संघर्षपुर्ण जीत

बारा, २४ चैत्र

बीरगञ्ज युनाईटेड क्लब विरुद्ध संघर्षपुर्ण जित निकाल्दै त्रिभुवन आर्मी क्लब शनिवारबाट शुरु भएको १४ औँ जीतपुरसिमरा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

घरेलु दर्शकको समर्थन पाएको बीरगञ्ज शुरुवातीअग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरीयो । बीरगञ्जका लागि फागुराम चौधरीले पेनाल्टी मार्फत खेलको ४१औं मिनटमा अग्रता बनाएका थिए । आर्मीका डिफेण्डर सुरज बस्नेतले वीरगञ्जका फागुरामलाई डिबक्स भित्र फाउल गरेपछि फिफा रेफ्री उमेश विंडारीले बीरगञ्जलाई पेनाल्टीको मौका दिएका थिए ।

आर्मीका कमल थापाले पहिलो हाफमै बराबरी गोल फर्काउँदै आर्मीका समर्थकलाई खुशीपारे । खेलको ४४औं मिनटमा सुरज बस्नेतको कर्नर बललाई पेनाल्टी एरियामा सम्हाल्दै कमलले सुन्दर गोल गर्दै टिमलाई बराबरीमा ल्याए ।

दोश्रो हाफमा बीरगञ्जविरुद्ध आर्मीले शुरुवाती अग्रतालियो । खेलको ६१औं मिनटमा आकर्षक फ्रिकिक गोल गर्दै आर्मीका दिनेश हेम्जनले टिमलाई अग्रता दिलाएका थिए । करिब २२ यार्ड परबाट दिनेशले प्रहार गरेको फ्रिकिकलाई बीरगञ्जका गोलरक्षक प्रमिजय गच्छदारले बचाउने कुनै अवसर पाएनन् ।

शूरुवाती अग्रता उल्टिएपछि बीरगञ्जका लागि आक्रामक बनेका फागुराम चौधरीले व्यक्तिगत दोश्रो गोल गर्दै बराबरीमा ल्याएपनि जीतका लागि पर्याप्त बन्न सकेन । खेलको ८२औं मिनटमा आर्मीका गोलरक्षक विकेश कुथुलाई बिट गर्दै फागुरामले काउण्टर अट्याकमा गोल गरेका थिए ।

दोश्रो हाफको इन्जुरी समयमा आर्मीका लागि फतेमान घलेले निर्णायक गोल गरे । बीरगञ्जका डिफेण्डरहरुको गल्तीको सुदुपयोग गर्दै फतेमानले दिनेश हेम्जनको क्रस बललाई सहजै गोलमा परिणत गरेका थिए ।

खेलको म्यान अफदि म्याच आर्मीका दिनेश हेम्जन घोषित भए । उनले शुभारम्भ कलेजले प्रयोजन गरेको १० हजार सहित ट्रफि प्राप्त गरे । आइतबार साविक विजेता चर्च ब्वाईज युनाईटेड र सिराहाको सलहेस युवा क्लब विचमा खेल हुनेछ ।

यसअघि सिमरा रङ्गशालामा आयोजित उद्घाटन समारोहमा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा एन्फा महासचिब किरण राई, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए । आयोजक क्लबले उद्घाटन समारोहका अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका भित्रबाट फुटबलको विकासमा योगदान पु¥याएका खेलाडी तथा अन्यगरि १७व्यक्तिलाई विशेष सम्मान गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उद्घाटन समारोहका प्रमुख अथिति संघिय सरकारको युवा तथा खेलकुद मन्त्रि बिराजभक्त श्रोष्ठले अब नेपालमा खेलकुद जगतमा नँया युगको सुरुवात भएको घोषणा गरेका थिए । उने अब नेपालको व्यवसायीक रुपमा खेललाई अघि बढाइने बताएका थिए । साथै उनले सिमरा रंगशालाको विकासको निम्ती जीतपुरसिमरा उपमहानगरलाई प्लान सहित कार्यपालिका बैठकबाट निर्णय गरेर मन्त्रालय आउन आग्रह गरे । यसै वर्ष रंगशालाको लागि सरकारले बजेट छुट्याउनु प्रतिबद्धता गरे ।

आगामी वैशाख ३ गतेसम्म सञ्चालनहुने प्रतियोगितामा डिफेण्डिङ च्याम्पियनचर्च ब्वाईज युनाईटेड, त्रिभुवनआर्मी, नेपालपुलिस क्लब, फ्रेण्ड्स क्लब र मच्छिन्द्र क्लब गरी ‘ए’ डिभीजनका पाँच टिम सहभागिहुनेछन् । सशस्त्रप्रहरीको विभागीयक्लबएपिएफ, मकवानपुर ११ हेटौंडा, वीरगञ्जयुनाईटेड क्लबबीरगञ्ज, सिराहाको सहलेश युवाक्लब र आयोजक नवजनजागृती युवा क्लब सहित १० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग तथा जगदम्बा स्टिलको मुख्य प्रयोजनमा शुन लागेको प्रतियोगिताकाो विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार नगद सहित ट्रफि प्राप्त गर्नेछन् ।