जीतपुरसिमराको पहिलो महिला प्रमुख प्रशासकीय अधिकृतको रुपमा उर्मिला काफ्ले

बारा, वैशाख २८ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उर्मिला काफ्ले आएकि हुन ।शुक्रबार कार्यालय हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई एक कार्यक्रमकाबिच उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले कार्यालयमा खाँदा,माला र टिका लगाएर स्वागत गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम मन्त्रालयको अतिरिक्त समुहमा दरबन्दी कायम रहने गरि बैशाख २० गतेको निर्णय अनुसार जीतपुरसिमरामा कामकाजको लागि उर्मिला काफ्लेलाई खटाएको हो ।जीतपुरसिमराको प्रशासनको नेतृत्व गर्न आएकी उर्मिला पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत हुन् ।

प्रमुख प्रशासकिय अधिकृत काफ्लेलाई स्वागत गर्दै उपमहानगर प्रमुख राजन पौडेलले एक अर्काको काम,कर्तब्य र अधिकार बुझि ईमान्दारिता पुर्बक कर्तपुरा गर्ने हो भन्ने कहिले पनि संस्थामा मनमुटाव उत्पन्न नहुने बताएका छन ।उहाँले उपमहानगरको सबै जनप्रतिनिधिलाई हातेमालो गरेर प्रमुख प्रशासकिय अधिकृतलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो ।