बारा, माघ ११ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी बाराको आदर्शकोतवाल गाउँपालिका भेला सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेशका उपसभापति राधिका न्यौपानेको प्रमुख आतिथ्यता सम्पन्न भेलाले आदर्श कोतवाल गाउँपालिका समिति समेत सर्वसम्मतले चयन गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको २ महिने संगठन निर्माण तथा विस्तार अभियान अन्तर्गत सम्पन्न भेलाले आदर्शकोतवाल गाउँपालिमा चन्दन प्रसाद यादवको नेतृत्वमा ११ सदस्यीय समिती चयन गरेको छ ।
भेलामा प्रदेश सदस्य विनोद यादव, प्रदेश संगठन विभाग उप-प्रमुख प्रमोद रायमाझी लगायतका विभिन्न क्षेत्र तथा पालिका सभापति तथा नेतृत्वको उपस्थिति रहेको थियो।
विभिन्न राजनैतिक दलको दबाब र प्रभावको बिचमा पनि कार्यक्रममा स्थानीयको सहभागिताले थप उत्साहित बनाएको रास्वपाका नेताहरुको भनाई थियो ।