आज ओली, देउवार प्रचण्ड बिच भेटवार्ता हुँदै, टिआरसी बारे छलफल गरिने

काठमाडौं, चैत ११-

तीन ठूला दलका शीर्ष नेताको बैठक आज बस्दैछ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुन लागेको हो। बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने तय भएको प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिए।

बैठकमा संक्रमणकालीन न्याय ९टीआरसी० बारे छलफल हुने बताइएको छ। यही चैत ६ गतेको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले टीआरसीको विषयमा सोधेको प्रश्नमा प्रधानमन्त्री केपी ओलीले प्रचण्डसँग सम्पर्कको प्रयास भइरहेको जवाफ दिएका थिए।

यो विषयमा प्रचण्डसँग सम्पर्क गर्न खोजिरहेको तर पटक(पटक प्रयास गर्दा सम्पर्क नभएको बताएका थिए । यसअघि टीआरसीको विषयमा छलफल गर्न चैत ४ गते प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार खरेल खुमलटार पुगेका थिए।

तराई–मधेश जागरण अभियानमा रहेका प्रचण्ड छलफलका लागि आजै काठमाडौँ आउने भएका छन्।