जेठ १ गते जीतपुरमा स्वामी विवेकनन्द संस्कृति ज्ञान परीक्षा प्रतियोगिता हुने

बारा, वैशाख २६ गते ।

बाराको जीतपुरमा आउदो जेठ १ गते स्वामी विवेकनन्द संस्कृति ज्ञान परीक्षा प्रतियोगिता (क्विज कम्पेटिसन) हुने भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोका स्थित सम्राट पार्टी प्यालेसमा प्रतियोगिता आयोजना हुने आयोजकले बताएको हो ।

हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा हुने उक्त प्रतियोगितामा करिव २० स्कुलबाट ६ सय भन्दा वढि विद्यार्थीहरु सहभागि हुने प्रतियोगिताका संयोजक संदिप साहले बताउनु भयो ।

विद्यार्थीहरुलाई संस्कृत ज्ञानको शिक्षा दिलाउने उदेश्यले संचालन गरिने स्वामी विवेकनन्द संस्कृति ज्ञान परीक्षा प्रतियोगिता (क्विज कम्पेटिसन) को प्रथम हुनेले नगर रु ११ हजार, द्धृतयले रु ७ हजार, तृत्यले रु ५ हजार र ११ जनाले रु ५०० सान्तोना पुरस्कार प्राप्त गर्ने छन् ।

जेठ १ गते विहान ७ बजेबाट सुरु हुने उक्त प्रतियोगिताको तयारी तिव्रताका साथ भैरहेको सम्योजक साहले बताउनु भयो । उहाँको अनुसार हिन्दू स्वयंसेवक संघ नेपालले देखको विभिन्न ठाँउमा यो प्रतियोगता गर्दै आएको छ । जीतपुरमा केही विर्ष पहिले यो प्रतियोगिता आयेजना गरिएको थियो । यसैलाई निरन्तर्ता दिदै जीतपुरमा दोस्रो पटक उक्त कार्यक्रमको आयोजना गरिदै छ ।