बालुवा गिट्टि तस्करीमा मेरो नाम नियोजित ढङ्गले बदनाम गर्ने उदेश्यले राखियोः वडा अध्यक्ष कुशवाहा

बारा, कार्तिक २० गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शिवशंकर कुशवाहाले आफ्नो वडामा कुनै दुधौरा नदि नरहेको र बालुवा गिट्टि तस्कारीको समाचारमा आफ्नो नाम नियोजित ढङ्गले राखिएको आरोप लगाएका छन् ।

हिजो सोमबार विभिन्न मिडियाबाट वडा नम्बर ८ स्थित रहेको दुधौरा खोलाबाट स्थानिय जनप्रतिनिधिको मिलोमतोमा बालुवा गिट्टि तस्करी भरहेको समाचार आएपछि वडा अध्यक्ष कुशवाहाले यसलाई खण्डन गर्दै आफ्नो वडामा उक्त खोला नरहेको र आफ्नो वडाबाट कुनै किसिमको नदिजन्य पदार्थको तस्करी नभएको बताएका छन् ।

मिडियामा आएका समाचारमा कुनै सत्यता नरहेको समेत उहाँले बताउनु भयो । उनका अनुसार आफ्नो वडामा उक्त नदि नरहेको र रातिको समयमा गाँउमा झग्डा भएको भिडियोलाई बालुवा गिट्टि संग जोडेर देखाइएको छ । भिडियोमा केही पनि प्रष्ट नरहेको समेत उनले बताए ।

नियोजित ढंगले बदनाम गर्ने उदेश्यका साथ मेरो नाम उक्त समाचारमा राखिएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष कुशवाहाले बताए ।