जीतपुर सामुदयिक साकोसद्वारा दशैं, दिपावली र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

१० असोज २०८२

जीतपुर सामुदयिक बचत तथा ऋण सहकारी सस्थाको १८औं बार्षिक उत्सवको अवसर पारेर बडा दशैं, दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सस्थाका उपध्यक्ष श्रवण कुमार गुप्ताको अध्यक्षता सम्पन्न कार्यक्रममा सहकारी बैंक सिमरा शाखाका प्रमुख चन्द्रमनी भट्टराई प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रममा सस्थाका व्यवस्थापक शम्भु रामले स्वागत मन्तव्य राखेका थिए । शुभकामना आदानप्रदान कार्यक्रमम  सस्थाका सन्चालक समिती, लेखा समिती, उपसमिति, शेयर सदस्य र कर्मचारिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम संस्थाका कोषाध्यक्ष सम्भुवन गुप्ता, सचिव बिपिन कुमार गुप्ता, सह-सचिव सुरज हजरा, पुर्व कोषाध्यक्ष चन्दा कुमारी साह, शेयर सदस्य सन्तोश कुमार गुप्ता, कर्यालय सहायक द्रोपती  देवी चौधरी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो भने कार्यक्रम सस्थाका कनिष्ठ सहायक अशोक दास तत्माले सन्चालन गर्नु भएको थियो ।