एमालेले जग्गा दान लिएको विषय अदालतमा पुग्यो

काठमाडौं, कात्तिक ८- नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दान लिएको विषय अदालतमा पुगेको छ। गुरुङले आफूले दान दिएको जग्गामा आफ्नै पैसाले एमाले केन्द्रीय कार्यालय भवन पनि बनाइदिने भएका छन्। एमालेले पार्टी कार्यालय बनाउन व्यवसायीबाट जग्गा दान लिएको विषयमा आलोचना भइरहेका बेला यो विषय अदालतमा पुगेको हो। अधिवक्ता ज्ञानबहादुर बस्नेतलगायतले … Read more

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मतको पक्षमा ७० मत परेको हो । त्यस्तै प्रस्तावको विपक्षमा ११ मत परेको थियो । एमाले-कांग्रेसको समीकरण बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई एमाले र कांग्रेससहित … Read more

माओवादी र एकीकृत समाजवादीलाई विश्वासमा लिएर संबिधान संशोधन गर्छौं: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि विश्वासमा लिएर गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित प्रदीप गिरीको दोस्रो स्मृति दिवसमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सभापति देउवाले बाहिर हल्ला भएजस्तो कसैको दबाबमा आफूहरु नमिलेको स्पष्ट पर्दै माओवादी र … Read more

परराष्ट्रमन्त्री राणाले आज मोदीलाई भेट्दै

काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीसँग भेटवार्ता गर्दैछिन् । राणाले दिल्लीस्थित हैदरावाद हाउसमा मोदीसँग साँझ भेटवार्ता गर्ने भएकी हुन् । भेटवार्तामा मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गर्ने बताइएको छ । आइतबार नयाँ दिल्ली पुगेकी राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय … Read more

०८४ मा एक्लै चुनाव लड्छौँः अध्यक्ष प्रचण्ड

काठमाडौं,साउन १३- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८४ सालको निर्वाचन एक्लै लड्ने बताएका छन् । आइतबार पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चुनाव जित्ने योजनाका साथ पदाधिकारी बैठकमा छलफल भइरहको बताए । “पार्टीको पदाधिकारी बैठक चलिरहेको छ, बैठकमा ०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ । यस्तो महत्त्वपूर्ण … Read more

रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं, साउन १०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ।

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान

काठमाडौँ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संबिधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि दाबि पेश गर्न आव्हान गरेका छन् । उनले सोमबार अपरान् ६: ३० बजेसम्मको समय दिएर सरकारमा दाबि पेश गर्न भनेका हुन् । यस अघि आजै अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर … Read more

काँग्रेस र एमालेबीच टुंगियो मन्त्रालयको भागबन्डा

काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेले दुई दलबीच मन्त्रालयको भागबण्डा टुंगाएका छन् । स्रोतका अनुसार नेपाली काँग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय व्यवस्था, कृषि र  बन मन्त्रालय पाउने भएको छ । त्यस्तै नेकपा एमालेले अर्थ मन्त्रालय, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला … Read more

कांग्रेसको समर्थनमा ओलीले गरे प्रधानमन्त्रीको दाबी पेस

काठमाडौं,असार २८- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन्। राष्ट्रपति निवास शीतलनिवास पुगेर ओलीले दाबी पेस गरेका हुन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी पेस गरिएको हो। संख्या उल्लेख नगरी संसदीय दलको नेताको रुपमा देउवा र ओलीले राष्ट्रपतिलाई हस्ताक्षर बुझाएका हुन्। कांग्रेसका ८८ र एमालेका … Read more

एकीकृत समाजवादीमा बढ्यो आन्तरिक कलह

काठमाडौं, असार २५- नेकपा एमालेबाट छुट्टिएर बनेको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी ३ वर्ष नपुग्दै पार्टीभित्र आन्तरिक कलह देखिन थालेको छ । एकीकृत समाजवादीले गत साता मात्रै १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरे पनि पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । पार्टीको महाधिवेशन चलिरहँदा समाजवादीका नेता प्रेमबहादुर आले भारत भ्रमणमा निस्किए । उनी महाधिवेशन सकिएपछि … Read more