चितवनमा रेबिज लागेर एक जनाको मृत्यु

चितवन, वैशाख २५- रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो । केही महिनाअघि उहाँलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो । उहाँ उपचारका लागि हिजो बुधबार अस्पताल भर्ना हुनुभएको … Read more

बागमती प्रदेशमा आज बुधबार सार्वजनिक बिदा

चितवन, वैशाख २२– बागमती प्रदेश सरकारले आज बुधबार सार्वजनिक बिदा दिएको छ । आन्तरिक तथा कानुन मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै बुधबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको थियो। सरकारी कामकाजको भाषा सम्बन्धि दिवसको अवसरमा पारेर बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक तथा कानून मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी … Read more

चितवन राष्ट्रिय निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत

चितवन, वैशाख ९- चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट प्रभावितलाई रु एक करोड २३ लाख छ हजार ८४२ राहत प्रदान गरेको छ । निकुञ्जले मध्यवर्ती क्षेत्रभित्रका चार सय १२ घटनाको राहतस्वरुप सो रकम उपलब्ध गराएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गत साउनदेखि चैत मसान्तसम्ममा विभिन्न समयमा निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र वन्यजन्तुले गराएका घटनाबापत सो रकम … Read more

पथलैया–हेटौंडा–नारायणघाट सडक चार लेनमा स्तरोन्नती हुने

बारा, वैशाख ८ गते । पथलैया–हेटौंडा–नारायणघाट सडक स्तरोन्नति आयोजना अन्तर्गतको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमाथि केन्द्रित सार्वजनिक सुनुवाई कार्यक्रम बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।सुनुवाई कार्यक्रममा आयोजना क्षेत्रका सरोकारवाला निकाय, स्थानीय जनप्रतिनिधि, वातावरणविद्, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। परियोजनाका प्राविधिक प्रतिनिधिहरूले प्रतिवेदनको मुख्य बुँदाहरू प्रस्तुत गर्दै सडक स्तरोन्नतिसँग सम्बन्धित वातावरणीय, सामाजिक तथा … Read more

साढे चार वर्षमा चितवन निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट ७० जनाको मृत्यु

चितवन, माघ २९- नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ मिलनचोककी रामयाया सोती माघ २४ गते घाँस काट्न घरबाट निस्किन् । चार जना साथीसँग घर नजिकैको दिव्य मध्यवर्ती सामुदायिक वनमा पसेकी सोती घाँस लिएर घर फर्किन पाइनन् । ४७ वर्षीया सोतीको गैँडाको आक्रमणबाट घटना स्थलमै मृत्यु भयो । उनीसँगै गएका एक जनालाई आक्रमण गरी घाइते बनाएको … Read more

चितवन आइपुगे रवि, बिहान १० बजे अदालत उपस्थित हुने

चितवन, माघ २३- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयान दिनका लागि चितवन आइपुगेका छन् । लामिछाने गएराति नै स्थलमार्ग हुँदै चितवन आएका हुन् । रवि आज बिहान १० बजे बयानका लागि अदालतमा उपस्थित हुने रास्वपा स्रोतले जानकारी दियो । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा जिल्ला सरकारी … Read more

क्यान्सर अस्पताल भरतपुरमा बाल क्यान्सरको निःशुल्क उपचार सुरु

चितवन, मंसिर ११- बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकामा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न थालनी गरेको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट केमोसहितका ३५ बाल क्यान्सरका औषधि निःशुल्क … Read more

सौराहामा पर्यटक घुम्ने बढे, होटेलमा बस्न रुचाएनन्

चितवन, कात्तिक २४- पर्यटकको सङ्ख्या बढे पनि सौराहामा होटेलमा बस्ने पर्यटक घटेका छन् । सौराहा घुम्न आउने तर बास नबस्ने पर्यटक वृद्धि हुँदा होटल व्यवसायी चिन्तित बनेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ, चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटेल व्यवसायी सुमन घिमिरे अहिलेको मुख्य सिजनमै होटेलका कोठा ४० प्रतिशतभन्दा बढी नबिकेको बताउँछन् । … Read more

माडीमा भाउजुको हत्या गरेको अभियोगमा ज्वाई पक्राउ

चितवन, असोज २७- भाउजु हत्या गरेको अभियोगमा ज्वाई (नन्दको श्रीमान)लाई प्रहरीले पक्राउ गरेको छ । माडी नगरपालिका वडा नम्बर ७ की ७१ बर्षिया बिष्णुमाया रानाभाटको हत्या गरेको अभियोगमा स्थानीय ६२ बर्षिय टिकाराम रानाभाटलाई प्रहरीले पक्राउ गरी आज साँझ सार्वजनिक गरेको हो । रानाभाटले भाउजुको हत्या गरी भिरबाट फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका … Read more

चितवनको माडीमा बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्यो

फाइल फोटो

चितवन, असोज २७- केही समयअघि मुलुकमा भएको बाढी र डुवानबाट चितवनको माडी क्षेत्रमा धानबाली, माछापालन, सडक, कल्भर्ट र नहरका बाँधमा ठूलो नोक्सानी भएको छ । स्थानीय घाँघर खोलामा आएको बाढी पसेर सयौं बिघामा पाक्न लागेका धानबाली नष्ट गरेको छ भने कल्भर्ट र नहरका बाँध भत्किएर गाँउबस्ती डुवान मात्र नभई आवत–जावत गर्ने सडकमा पनि क्षति पु¥याएको … Read more