खोटाङ केन्द्रबिन्दु भएर भूकम्प

खोटाङ,असोज २९- खोटाङ केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको कुबिन्डे भन्ने स्थानलाई केन्द्र बनाएर सोमबार राति १० बजेर ३२ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो। ‘यो सानो खालको भूकम्प हो, यसले क्षति पुर्‍याउँदैन’, केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले भने। यसअघि असोज १५ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प … Read more

पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

पाँचथर, असोज १२- पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ । निरन्तरको वर्षाका कारण खसेको पहिरोमा परी पुरिँदा फिदिम नगरपालिका–४ चिसापानीस्थित घरमा बस्दै आएका फिदिम नगरपालिका–१२ का २५ वर्षीया सपना शेर्पा र उहाँकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो । उनीहरूसँगै रहेका अन्य तीन जना भने भागेर बाँच्न सफल भएका छन् । पहिरोमा परी … Read more

कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार

विराटनगर । कोशी ब्यारेजबाट नदीमा खसेको यात्रुबाहक बसमा सवार २६ जनाको उद्धार गरिएको छ । विहिबार साँझ करिब ६ बजे यात्रुबाहक बस कोशी ब्यारेजको ढोका नम्बर ३४ र ३५ बाट तल खसेको थियो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिल्क्स यात्रुबाहक बस कोशी ब्यारेजको ३४/३५ नम्बर ढोकामा खसेको थियो । … Read more

रक्सी खाएर झगडा, दाजुले गरे भाइको हत्या

काठमाडौं, भदौ २९- झापाको शिवसताक्षी नगरपालिका–८ मा दाजुले भाइको हत्या गरेका छन्। शितलचोक निवासी नारायण सिटौलाले बिहीबार राति भाइ रामप्रसाद सिटौलाको हत्या गरेको प्रहरीले जनाएको छ । मादक पदार्थ खाएर झगडा गर्ने क्रममा नारायणले दाउराले हानेर भाई रामप्रसादको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। नारायणलाई पक्राउ गरी अनुसन्धान गरिरहेको … Read more

दुई जना किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

काठमाडौँ, साउन ३२- मोरङमा दुई जना किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अभियोगमा बेलबारी नगरपालिका-४ बस्ने ३५ वर्षीय जोसन राई रहेका छन् । राईमाथि १६ वर्षीया किशोरी र १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग छ । राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको थियो । राईले ती … Read more

छोराबुहारीले वनमा लगेर छोडेका ७० वर्षिय वृद्धको उद्धार

आरती राउत, साउन २ गते मोरङमा आफ्नै छोराबुहारीले वनमा लगेर छोडिदिएका एक वृद्धको उद्धार गरिएको छ । जिल्लाको बेलबारीस्थित वनमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएका एक ७० वर्षिय वृद्धलाई वन कर्माचारीले उद्धार गरेका हुन् । बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट आज ७० वर्षीय उमेर बताउनुहुने जामुनलाल झाँगडलाई चार दिनपछि आज उद्धार गरिएको हो । वन हेरालु टोलीले … Read more

कोशी प्रदेशमा भारी वर्षाको चेतावनी, अन्य प्रदेशमा के छ सम्भावना ?

काठमाडौँ, असार ५- हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि … Read more

कांग्रेस नेता तथा पूर्वमन्त्री केशव बुढाथोकीको निधन

झापा, माघ २३– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएको छ । उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो । नेता बुढाथोकीको ८० वर्षको उमेरमा सोमबार राति उपचारका क्रममा निधन भएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताए । ‘हक्की स्वभावका नेता बुढाथोकीको बिदाइले पूर्वी नेपाल खासगरी … Read more

बुबाको हत्या आराेपमा छोरा पक्राउ

सुनसरी, १६ माघ । आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको अभियोगमा ईनरुवा नगरपालिका-८ गणेशपुर रिसिदेव टोल बस्ने २१ वर्षीय चिबु रिसिदेवलाई प्रहरीले पक्राउ गरेको छ ।   घरायसी लेनदेनको विषयलाई लिएर चिबुले माघ ११ गते दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका चिकचिलियाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको … Read more

इलामको सन्दकपुर क्षेत्रमा हिमपात

मङ्गलबारे (इलाम), मंसिर २२- इलामको माथिल्लो क्षेत्र सन्दकपुर आसपासमा हिमपात भएको छ । वर्षापछि सो क्षेत्रमा हिउँ पर्न थालेको हो । भारतसंग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको जौबारी, कालपोखरीलगायतका क्षेत्रमा हिमपात भएको स्थानीय लाक्पा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँ परेर चिसो बढेसँगै सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बिहीबार दिउँसोदेखि हिउँ पर्न सुरु … Read more