पौडी खेल्ने क्रममा पोखरीमा डुबेर १४ वर्षीय किशोरको मृत्यु

२७ साउन, पाल्पा । पाल्पाको रैनादेवीछहरा गाउँपालिका–१, मा पौडी खेल्ने क्रममा डुबेर गए राति एकजनाको मृत्यु भएको छ । गुल्मीको छत्रकोट गाउँपालिका–३ चोयघा घर भई हाल मामाघर आएका १४ वर्षीय मनोज रेश्मीको डुबेर मृत्यु भएको हो । मामाघर नजिकै डमराई पोखरीमा पौडी खेल्ने क्रममा उनी डुबेर बेहोस भएका थिए । बेहोस भएका रेश्मीलाई उपचारका लागि … Read more

४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

गुल्मी, साउन २२- गुल्मीमा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १८ वर्षका किशोरलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गुल्मीको मालिका गाउँपालिका–७ सिलादी बस्ने १८ वर्षीय किशोरलाई प्रकाउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बलात्कार भएको सूचना पाएपछि मर्भुङबाट खटिएको प्रहरीले उनलाई शनिवार पक्राउ गरेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको … Read more

एसईईमा ३.२० जीपीए ल्याउने विद्यार्थीलाई रेसुङ्गा नगरपालिकाले मासिक ४ हजार दिने

२२ साउन, गुल्मी । रेसुङ्गा नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा -एसईई)मा ३.२० जीपीए ल्याएर जिल्लामै पढ्ने विद्यार्थीहरुलाई मासिक चार हजार दिने भएको छ । अध्ययन प्रोत्साहनका लागि नगरपालिकाभित्रै पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रममार्फत नगरपालिकाले सहयोग घोषणा गरेको हो । शौक्षिक पलायन, बसाइँसराइ जस्ता प्रमुख समस्याहरुलाई रोक्नका लागि यस्तो कार्यक्रम ल्याइएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए … Read more

प्रहरी हिसातमा रहेको महिलामाथी बलत्कारको प्रयास

बाँके,१६ साउन – प्रहरी हिसात मै महिला माथी बलत्कारको प्रयास भएको छ । घटना बाकेको हो । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय बाकेलाई सूचना प्राप्त भएपछि आरोप लागेका प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईंलाई निलम्बन गरिएको छ । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले असई चौलागाईंलाई निलम्बन गरिएको घटनाको बिषयमा थप अनुसन्धान भइरहेको बताए । … Read more

एक हजार चोरेको भन्दै आफ्नै पत्नीको हत्या

१३ साउन २०७९ लुम्बिनी । रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरमा रु एक हजार चोरेको आरोपमा एकजनाले पत्नीको हत्या गरेका छन् । कञ्चन गाउँपालिका–१ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका पति यमबहादुर थापाले मङ्गलबार राति हत्या गरेका हुन् । उनले मादक पदार्थ सेवन गरी पत्नीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । रु एक हजारका विषयमा … Read more

लामो समयसम्म पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगियो

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। लामो समयदेखि परेको खडेरीले आक्रान्त बनेपछि किसानले पानी पर्ने विश्वासमा यस्तो उपाय निकालेका हुन्। पिरमा परेका किसानले गाउँका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने विश्वासमा जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए। गाउँपालिका अध्यक्ष चौधरीले आफूसहित पूर्व सांसद रामलखन हरिजन, … Read more

दाङको तुलसीपुरमा एक युवतीमाथि सामूहिक बलात्कार : दुई जना पक्राउ, दुई जना फरार

तुलसीपुर । दाङ जिल्लाको तुलसीपुरमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गत विहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ की २५ वर्षीया सुस्त मनस्स्थितीकी युवतीमाथि सामूहिक बलात्कार भएको हो । प्रहरीका अनुसार युवतीमाथि तुलसीपुर–९ दोघरेस्थित निर्माणाधीन घरमा सामूहिक बलात्कार भएको हो । उक्त घटनामा संलग्न दुई जना पक्राउ परेका छन्, भने अन्य … Read more

बदिर्ययामा १२ वर्षीया बालिकालाई ६१ वर्षीय पुरुषले गरे यौन दुर्व्यवहार

बर्दिया, जेठ १८ – बर्दियामा एक १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको छ । ती बालिकालाई यौन दुर्व्वहार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका–३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारुलाई मंगलबार पक्राउ गरेको छ । थारुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका … Read more

वडाध्यक्ष उम्मेदवारको निधन: तुलसीपुर उपमहानगरपालिकाको मतगणना जेठ ३ गते हुने

दाङ, वैशाख ३१- घोराही उपमहानगरपालिकाको मतगणना सुरु भए पनि तुलसीपुर उपमहानगरपालिकाको मतगणना जेठ ३ गतेदेखि मतगणना गरिने भएको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार महानगरपालिका वडा नं.१४ र १९ मा बिहान १०ः३० बजेदेखि मतगणना सुरु भएको हो। घोराही र तुलसीपुर उपमहानगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसले तालमेल गरेका छन् । नेकपा एमाले भने … Read more

रूकुमपूर्वमा एमाले कार्यकर्ताको अपहरणपछि हत्या,माओवादीका तीन नेता पक्राउ

रुपन्देही, बैशाख २८- रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एमाले कार्यकर्ता डोटी बुढा जुनमायाको अपहरणपछि हत्या भएको छ । वैशाख २३ गते सो गाउँपालिका– ११ टक्सेरामा माओवादी कार्यकर्ताले एमाले–कांग्रेस गठबन्धनका कार्यकर्तामाथि आक्रमण गरेपछि भएको थियो । झडपमा दुवै पक्षका आधा दर्जन घाइते भएका थिए । घरदैलोका क्रममा भएको भिडन्तपछि जुनमायालाई गायब बनाइएको थियो । अपहरणपछि खोजतलास गर्दा मंगलबार … Read more