दसैँ सकिएसँगै किसान बाली भित्र्याउन व्यस्त

सिमकोट (हुम्ला), असोज २७ – बडादसैँ सकिएसँगै हुम्लाका किसान यतिबेला खेतबारीको काममा व्यस्त देखिएका छन् । किसान यतिबेला खेतमा लगाएको विभिन्न बाली भित्र्याउन थालेका छन् । दसैँ सकिएपछि मौसम सफा भएसँगै बाली भित्र्याउने चटारोले छोएको छ । सदरमुकामवासीले फापर, चिनो, सिमी, कोदो, कागुनोलगायत बाली घरमा भित्र्याइसकेका छन् । उनीहरुले हिउँदमा गाईवस्तुका लागि घाँस मात्रै भित्र्याउन … Read more

बाजुरामा भरूवा बन्दुकसहित दुई जना पक्राउ

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-३ स्थितबाट भरूवा बन्दुक २ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ रिवडा बस्ने ४० वर्षीय धिरेन्द्र शाही र सोही गाउँपालिका-३ पिपलाडी बस्ने ३० वर्षीय रमेश शाही रहेका छन् । धिरेन्द्रको घरमा भरूवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय स्वामीकार्तिकबाट … Read more

सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प

काठमाडौं । सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार बिहान १० :८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भूकम्प गएको हो । भूकम्पको धक्का बझाङ, डोटी, बैतडी, बाजुरा र अछाम लगायतका जिल्लाहरुमा महसुस गरिएको थियो । यस अघि भदौ २८ गते बिहीबार बझाङ जिल्लाको गडराय आसपास क्षेत्रमा ३.७ रेक्टर स्केलको भूकम्प … Read more

कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु, चार जना घाइते

कैलाली, असार १२- चट्याङ लागेर कैलालीमा दुई जनाको मृत्यु हुँदा चार जना घाइते भएका छन् । जिल्लाको जोशीपुर गाउँपालिका- ३ भितरीया बस्ने वर्ष ३२ वर्षीय जयराम डंगौराको र धनगढी १८ मा सालिक चौधारीको चट्याङ लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज बिहान करिब ७ः३० बजेको समयमा घरदेखि ३ सय मिटर पूर्व … Read more

बैतडीमा एक पुरुषको शव फेला

बैतडी, ७ वैशाख । डडेल्धुराका एक पुरुष बैतडीमा मृत फेला परेका छन्। बैतडीको पाटन नगरपालिका-६ रोडाखोला स्थित डडेल्धुराको अमरगढी नगरपालिका-४ बस्ने अन्दाजी ४५/५० वर्षीय रुपक जैरु आइतवार मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। पाटन बजारको एक सिलाई सेन्टरमा काम गर्दै आएका जैरु दुई दिनदेखि सम्पर्क विहीन रहेका थिए। उनको शव स्थानीय … Read more

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा

सुदूरपश्चिम, चैत २२- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख नजिर मियाँ समक्ष हिजो साँझ आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रदेश प्रमुखको निवास पुगेर उहाँले राजीनामापत्र बुझाउनुभएको हो । यसअघि हिजो आह्वान गरिएको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची थियो । आह्वान गरिएको बैठकमा आफ्नो पक्षमा बहुमत जुट्ने सम्भावना नदेखिएपछि उहाँले … Read more

डोटीमा ७१ वर्षका वृद्धले गरे प्रेमलाई विवाहमा परिणत

काठमाडौं, ८ फागुन । डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन्। स्थानीय ठक्कर बहादुर खडायतले ७१ वर्षको उमेरमा श्रीमतीको सिउँदो भरेका हुन्। उनले ६३ वर्षीया कुमारी भाटको सिउँदो भरेका छन्। उक्त दम्पतीका तीन छोरी र एक छोरा छन्। भाटको माइती सुर्खेत हो। धेरै पहिले खडायत र भाटले लामो प्रेम … Read more

टीकापुरमा पानिमा डुबेर एक बालिकाको मृत्यु

धनगढी, ६ फागुन । टीकापुरमा पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार टीकापुर नगरपालिका–१ शान्तिनगरका सिर्जना चौधरीकी एक वर्षीया छोरी आरोही चौधरीको पानीमा डुबेर मृत्यु भएको हो। बाल्टीको पानीमा डुबेर घाइते भएकी बालिकालाई उपचारका लागि टीकापुर अस्पताल पुगाउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

रास्वपाका सुदूरपश्चिम सभापति विष्ट सवार कार दुर्घटना

धनगढी, २७ माघ । कैलालीको सुखडस्थित घोडाघोडी ताल क्षेत्रमा बस र कार ठोकिएका छन्। घोडाघोडी ताल क्षेत्रमा टीकापुरदेखि विद्यार्थी ल्याएको ना ६ ख १३३९ नम्बरको बस र बा १७ च ७२५७ नम्बरको कार ठोकिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका सभापति प्रकाश विष्ट सवार कार र पार्किङमा राखिएको बस फर्काउदा दुर्घटना भएको हो। इलाका … Read more

आगो ताप्ने क्रममा निसास्सिएर सासू बुहारीको मृत्यु

डोटी, माघ २२- डडेल्धुरामा आगो ताप्ने क्रममा दुई जनाको गएको छ । अमरगढी नगरपालिका-१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीय पुनम दियालको आगो ताप्ने क्रममा निसास्सिएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले राति कोठामा कोइला बालेर आगो ताप्ने क्रममा निसासिएर सासू बुहारीको मृत्यु भएको जानकारी दिए … Read more