काठमाडौं, चैत ७ ।
नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हाल सिंगापुरमा स्वास्थ्य उपचार पूरा गरी हङकङ गएका छन्। हङकङमा उनले थप स्वास्थ्य उपचारका साथै पारिवारिक कार्यक्रममा पनि भाग लिने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
देउवा फागुन १३ गते राति नेपालबाट सिंगापुर प्रस्थान गरेका थिए। हङकङमा निर्धारित कार्यक्रम पूरा गरेपछि उनले स्वदेश फर्किने योजना बनाएका छन्।




