पर्सा, चैत १३ गते ।
सशस्त्र प्रहरीले स्रोत नखुलेको ९ लाख रुपैयाँसहित एक जनालाई वीरगन्जबाट नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेमा वीरगन्ज महानगरपालिका–८ गहवा निवासी ४४ वर्षीय अनिलकुमार साह रहेका छन्।
सीमा सुरक्षा गुल्मबाट खटिएको टोलीले बिहीबार दिउँसो वीरगन्ज–१६ स्थित भन्सार मेनगेटमा भारतबाट नेपालतर्फ आउँदै गरेको ना २ प ९५८७ नम्बरको मोटरसाइकल जाँच गर्दा साहलाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरी सहायक निरीक्षक मोहमद मुस्ताक अलीको कमाण्डमा रहेको टोलीले मोटरसाइकलको सिट कभरमुनि प्लास्टिकमा लुकाएर ल्याइएको अवस्थामा ९ लाख रुपैयाँ नगद फेला पारेको जनाएको छ।




