जीतपुरमा खेलाडीहरूलाई खेल सामाग्री वितरण

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वार्ड नं. ७ जीतपुरका खेलाडिहरुलाई २ लाख बराबरको खेलकुद सामाग्री वितरण गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका ७ को कार्यालयद्धारा खेलकुदका लागि छुट्याइएको वजेटबाट जीतपुरका खेलाडिहरुलाई विभिन्न खेलकुदका सामाग्री वितरण गरिएको हो ।

फुटबल खेलको सामाग्री खरिदको लागि जीतपुरका फुटबल खेलाडीहरूलाई र क्रिकेटको सामान खरिदको लागि क्रिकेटका खेलाडीलाई स्वयम जिम्मा दिएर सामान खरिद गरिएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षले जानकारी दिनु भयो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ताको अध्यक्षतामा सम्पन्न भएको खेलकुद सामाग्री वितरण कार्यक्रममा प्रमुख अथिति संविधान सभा सदस्य शोभाकर पराजुली रहनुभएको थियो

खेलकुद सामाग्री वितरण कार्यक्रममा जीतपुरका समाज सेवी परशुराम गिरि, नेता घनश्याम गिरि, वडा सदस्य मोहरम मंसुर, वडा सदस्य ज्ञानी पास्वान, वडा सचिव दिलिप ढुङ्गाना, रेडिमेड व्यवसायी संघ जीतपुरका अध्यक्ष प्रकाश गिरि, टीका पौडेल, उषा पौडेल, सितल अश्चारय, बलिराम गुप्ता, खेदु गुप्ता, धुर्व धकाल लगायतको उपस्थिति रहेको थियो ।

खेलाडिहरुले खेलकुदको सामान पाए पछि आफुहरुलाई खेल खेल्न धेरै सजिलो हुनेभएको भन्दै वार्डलाई धन्यवाद दिदै खेलाडिहरु खुःसि व्यक्त गरेका थिए । साथै खेलको समान पाए पनि आफुहरू संग बाहिर खेल खेल्न जादा जर्सी नभएको समस्या सुनाएका थिए । जर्सी नभएको समस्या सुने पछि कार्यक्रमका विशिष्ठ अतिथि रहनुभएका समाज सेवी परशुराम गिरिले जर्सी खरिदका लागि नगद १४ हजार नगर सहयोग गर्नुभएको थियो ।