बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा जारी श्रिमद्भागवद ज्ञान सप्ताह महायज्ञमा वैशाख १५ गते बुधवार भोजपुरीको चर्चित गायक सुनिल पण्डित आउने भएका छन् ।
वैशाख ११ गते बाट शुरूभएको सप्ताह महायज्ञको पाचौँ दिनमा चर्चित गायक पण्डित आउने भएको संचालक समितिकी अध्यक्ष आशा दाहालले जानकारी दिनु भयो । नारी शक्ति बिकास मञ्चको आयोजनामा शुरूभएको महायज्ञ ७ दिन सम्म चल्ने छ । ७ दिन सम्म दिनहु विभिन्न कार्यक्रमको आयोजना गरिने अध्यक्ष दहालको भनाई छ ।
नारी शक्ति विकास मञ्चको महिला पुनर्स्थापना भवन बनाउनको लागि लगाईएको उक्त सप्ताह महायज्ञमा गुरु शुदर्सण चालिसेले पर्वचन दिनुभईरहेको छ भने दिनहु विभिन्न कालाकारहरूद्वारा नाटकिय प्रस्तुतिको पर्दशनी गरिदै छ ।




