पथलैयामा मोटरसाइकल र बस ठोक्किदा एकको मृत्यु, एक घाइते

जानकारी नेपाल, बारा कार्तिक ११ गते ।

बारामा मोटरसाइकल र बस ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा मोटरसाइकल र बस ठोक्किएर दुर्घटना हुँदा भएको हो ।

दुर्घटनामा हेटौंडा उपमहानगरपालिका १६ हटियाकी ४५ वर्षीया होमाकुमारी मगरको मृत्यु भएको हो । दुर्घटनामा उनको २० वर्षीया छोरा पुजल थापा मगर घाइते भएका छन् । पूर्वबाट हेटौंडातर्फ जादै गरेको बा.प्र ०३-०४ प ८९७८ नम्बरको मोटरसाइकल सोही दिशाबाट गइरहेको ना५ख ५८०५ नम्बरको बससंग ठोक्किदा दुर्घटना भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते होमाकुमारीको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । मोटरसाइकल चालक पुजलको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।