बालुवा गिट्टि तस्करीमा मेरो नाम नियोजित ढङ्गले बदनाम गर्ने उदेश्यले राखियोः वडा अध्यक्ष कुशवाहा

बारा, कार्तिक २० गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शिवशंकर कुशवाहाले आफ्नो वडामा कुनै दुधौरा नदि नरहेको र बालुवा गिट्टि तस्कारीको समाचारमा आफ्नो नाम नियोजित ढङ्गले राखिएको आरोप लगाएका छन् । हिजो सोमबार विभिन्न मिडियाबाट वडा नम्बर ८ स्थित रहेको दुधौरा खोलाबाट स्थानिय जनप्रतिनिधिको मिलोमतोमा बालुवा गिट्टि तस्करी भरहेको समाचार … Read more

छठ पर्व आजदेखि विधिपूर्वक सुरु

सञ्जीतकुमार मण्डल/अजित झा जलेश्वर,कात्तिक २०- मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न … Read more

एमालेले जग्गा दान लिएको विषय अदालतमा पुग्यो

काठमाडौं, कात्तिक ८- नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दान लिएको विषय अदालतमा पुगेको छ। गुरुङले आफूले दान दिएको जग्गामा आफ्नै पैसाले एमाले केन्द्रीय कार्यालय भवन पनि बनाइदिने भएका छन्। एमालेले पार्टी कार्यालय बनाउन व्यवसायीबाट जग्गा दान लिएको विषयमा आलोचना भइरहेका बेला यो विषय अदालतमा पुगेको हो। अधिवक्ता ज्ञानबहादुर बस्नेतलगायतले … Read more

रवि लामिछानेलाई आज अदालत लगिँदै

काठमाडौं, कात्तिक ८- सहकारी ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं गोर्खा मिडियाका पूर्वसञ्चालक रवि लामिछानेलाई म्याद थपको अनुमतिका लागि आज कास्की जिल्ला अदालत लगिँदै छ। लामिछानेसँगको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ। लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिने कास्की … Read more

ओली नेतृत्व सरकारको १०० दिन पूरा

काठमाडौं,कात्तिक ६- नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको आज एक सय दिन पूरा भएको छ। नागरिकमा देखिएको निराशा चिर्दै राजनीतिक राजनीतिक स्थिरता कायम गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउने र संविधान संशोधन गर्ने लक्ष्यसहित असार ३० गते सरकार गठन भएको हो। सरकार गठनलगत्तै कांग्रेस र एमालेका नेताहरुले अब एक दिन पनि काम नगरी बस्ने … Read more

सभापति लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

पोखरा,कात्तिक ४- सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । प्रहरीले म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराउन लागेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले पूरक मुद्दाका लागि अनुसन्धान अगाडि बढाएको बताए । ‘हामीले … Read more

आजको मौसमः देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौँ, कात्तिक ४- हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ । कोशी, मधेश, बागमती र कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा … Read more

हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द

हेटौँडा , कात्तिक ३ गते । मकवानपुरको हेटौँडा स्थित रहेको हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतसम्भार गर्नुपर्ने जनाउँदै तीन हप्ताका लागि उत्पादन बन्द गरेको छ । बडादसैँको बिदालगत्तै उद्योग सञ्चालन गरिए पनि क्लिनिकलर मेसिनलगायत विभिन्न उपकरणको तत्काल मर्मतसम्भार गर्नुपर्ने अवस्था आएकाले शुक्रबार देखि उत्पादन बन्द गर्नुपरेको उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिएका हुन् … Read more

पक्राउ परेका रास्वपा सभापति रविलाई बिहान पौने ३ बजे पोखरा पुर्‍याइयो

पोखरा, कात्तिक ३- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की ल्याइएको छ। स्थलमार्ग हुँदै शनिबार बिहान पौने ३ बजे लामिछानेलाई कास्की प्रहरी कार्यालय ल्याइएको थियो। जिल्ला प्रहरी कार्यालय ल्याइएलगत्तै प्रहरीले उनलाई स्वास्थ्य परीक्षण गराउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो । अस्पतालबाट फर्काउँदै गर्दा प्रहरी कार्यालय अगाडि रास्वपा उपसभापति स्वर्णिम … Read more

पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

काठमाडौं,कात्तिक २- तत्कालीन गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई कारबाही सिफारिस गरेको थियो । समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन गएको भदौ ३१ गते … Read more