एस.एस. पटेल, बारा, साउन ०३ गते ।
बाराको जीतपुरस्थित रहेको लाल्का पुल दुर्गन्धित बन्दै गएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा रहेको लल्का पुल फोहोरको कारण दुर्गन्धित बन्दै गएको हो ।
लल्का पुल दुर्गन्धित बन्दै गएपछि शवको दाहसंस्कार गर्न आउनेहरुलाई सास्ति खेप्ने परेको छ । लल्का पुलको वरपर व्यवसाय गर्ने र बसोबास गर्ने स्थानियहरुलाई समेत दुर्गन्धले सताइरहेको छ ।
खास गरि मासु व्यवसायीहरुले मासुको फोहोर, बिग्रेको मासु, भैसी र बाख्राको छाला र संडेगलेको मासु फाल्दा लल्कापुल दुर्गन्धित बनेको हो । त्यस बाहेक पनि लल्का पुलमा विभिन्न कम्पनीले केमिकल युक्त पानी फालेर त्यहाको पानी दुषित बनेको छ ।
बिहान पख मर्निङ्ग वाल्क र साझपख इभिनिङ्ग वाल्कको लागि निकै लोकपृय ठाँउ हो लल्का पुल । सफा हावा र अक्सिजन लिन पुगेका मानिसहरु अहिले फोहोरको दुर्गन्धित हावा खाएर फर्किने गरेका छन् ।
स्थानियहरुले बारमबार स्थानिय निकायलाई यस विषयमा जानकारी दिदा पनि स्थानिय निकाय मौन बस्दै आएको छ ।




