जीतपुरसिमराको निती तथा कार्यक्रमः मेयरको चौतर्फी प्रशंसा

बारा, साउन ०३ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको निती तथा कार्यक्रम सार्वजनिक भए सगैं मेयरको चौतर्फी पंशंसा हुन थालेको छ । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक निती तथा कार्यक्रम सार्वजनिक भएपछि उपमहानगरको मेयर राजन पौडेलको चौतर्फी प्रशंसा हुन थालेको हो ।

असार १० गते सम्पन्न नगरसभाबाट पारित भएको निती तथा कार्यक्रमको शिर्षकहरु सामाजिक संजालमा भाइरल बनिरहेका छन् । नगरसभामा जनप्रतिनिधिहरुको देखिएको तान्डबले जनताहरु निराश बनेका थिए । बहुमतको जनप्रतिनिधिहरुले नगरसभाको विरुद्धमा हुदा जनतामा पनि उपमहानगरको मेयर प्रति नकरात्मक सोच पलाए पनी निती तथा कार्यक्रम सार्वजनिक भएपछि जनताहरु हर्षित भएका छन् ।

आर्थिक वर्ष २०८१/०८२ को वार्षिक निती तथा कार्यक्रममा जनताको आवश्यक्ता पुरा हुने कामको थालनि गरिएको पाइएपछि मेयरलाई जनताहरुले खुल्ला रुपमा सामाजिक संजालमा पशंसा गरिरहेका छन् ।

निती तथा कार्यक्रममा एम्बुलेन्स खरिद, नगरप्रहरीको गाडि खरिद, खानेपानी संचालन, विद्युतीयकरण, सार्वजनिक विद्यालयको कक्षा कोठामा स्मार्ट बोर्ड जडान, घर अभिलेखिकरण, शव व्यवस्थापनका लागि शव दश घर निमार्ण, सिचाईका लािग बोरिङ र मोटर जडान, कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम, कर्भड हल निर्माण, अम्लेखगञ्जको चकरी बाट निजगढ जोड्ने बाटो कालोपत्रे, विज्ञान संकायमा निशुल्क अध्ययन, दीर्घरोगी, अपाङ्गता र जेष्ठ नागरिकको घरघरमा पुगेर निशुल्क स्वास्थ्य परीक्षण सहित कयौं ठुला तथा साना योजनाहरु छन् ।

निती तथा कार्यक्रममा जनताहरु संग प्रत्यक्ष सरोकार राख्ने र जनताहरु प्रत्यक्षरुपमा लाभ लिने योजनाहरु देखे पछि ८ वर्षमा पहिलो पटक स्थानीय सरकार भएको महसुस भएको स्थानियहरुले बताइरहेका छन् ।