हेटौडा, चैत ११–
कान्तिलोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ घट्टेपाखामा बुधबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार वीरगन्ज महानगरपालिका वडा नम्ब्र ३२ का २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका सोही स्थानका ट्रक चालक ३३ वर्षीय कृष्ण यादवलाई उपचारका लागि चितवन पठाइएको छ ।




