इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी, नियन्त्रणको प्रयास जारी

११ चैत, विराटनगर ।

सुनसरीको इटहरी बजारस्थित पूर्वाञ्चल क्याफेमा सोमबार आगलागी भएको छ। प्रहरीका अनुसार इटहरी–६ मा रहेको क्याफेको आइसक्रिम पार्लरबाट आगो सुरु भएको हो।

आगलागीको कारण भने अझै खुलेको छैन। आगोका कारण आसपासका घर र पसलहरूमा समेत जोखिम बढेको बताइएको छ।

हाल सुरक्षाकर्मी तथा सम्बन्धित निकाय आगो नियन्त्रणमा लिन प्रयासरत रहेका छन्। यसबारे इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ।