जीतपुरमा मृत अवस्थामा महिलाको शव फेला

  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा मृत अवस्थामा एक महिलाको शव फेला परेको छ । जीतपुर स्थित शान्तिटोल खेलमैदान भित्र शव फेला परेको हो ।

धेरै सयम देखि जीतपुरमा मागेर र दाउरा बेचर आफ्नो जीवन बिताई रहेकी सावित्री नाम भएकी महिलाको सव मृत अवस्थामा फेला परेको । मृतकको नमा सावित्री भनिए पनि उनको वास्तविक पहिचान भने खुल्न सकेको छैन ।

ईलाका प्रहरी कार्यालय जीतपुरको अनुसार उनको मृत्यु चिसोको कारण हुन सक्ने अनुमान गरिएको छ । गाउँका मान्छेका अनुसार मृतकको स्वास्थ्य अवस्था पहिलै देखि कम्जोर थियो । उनी सडकको पेटिहरूमा आफ्नो रात विताउदै आएकी थिन ।

शवको मुचुल्का उठाई पोस्टमार्टमको लागि कलैयाको कलैया अस्पतालमा पठाईएको ईलाका प्रहरी कार्यालय जीतपुरले बताएको छ ।