भरतपुर महानगरपालिकाको मेयरमा २९ र उपमेयरमा १३ जनाको उम्मेद्वारी

  • चितवन, वैशाख १२–

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा २९ जनाको उम्मेद्वारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हिजो ११ र आज १८ जनाले मेयरमा उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा १३ जनाको उम्मेद्वारी परेको कार्यालयले जनाएको छ ।