गठबन्धनका उम्मेद्वारलाई नै सघाउने दलीय महिला समूहको निर्णय

  • सिमरा, १९ बैशाख

जीतपुर सिमरा उपमहानगरपालिकाको पाँच दलीय महिला गठबन्धनको बैठक बसी गठबन्धनको केन्द्रीय तहमा भएको निर्णयअनुसार नै चुनावमा सहभागी हुने जनाएका छन् ।

नेपाली काँग्रेसकी वरिष्ठ महिला नेतृ नारायणी रायमाझी (निरु)को संयोजकत्वमा बसेको महिलाहरुको बैठकले दलीय गठबन्धनको तर्फबाट केन्द्रीय तहमा भएको निर्णय बमोजिम यस उपमहानगरपालिका भित्र नेकपा माओवादी केन्द्रका प्रमुख र नेपाली काँग्रेसका उपप्रमुख भएकोमा केन्द्रीय निर्णयअनुसार अघिबढ्ने निर्णय भएको हो ।

बैठकमा नेपाली काँग्रेसका तर्फबाट नारायणी रायमाझी, गीता शर्मा, नेकपा माओवादी केन्द्रबाट गीता कँडेल, शीला खनाल, नेकपा एकीकृत समाजवादीका तर्फबाट सीता गुरुगं, सरिता सुब्बा, मञ्जु बानिया र पुन्यवति कँडेलको उपस्थिति रहेको थियो ।