- एस.एस. पटेल, बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । स्थानिय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा ५ दलिय गठबन्धनबाट मेयर उम्मेदवार राजन पौडेलको जित सुनिचित भएको छ भने उपमेयरमा गठबन्धन र एमालेका उम्मेदवार विच प्रतिस्पर्धा जारी छ ।
मेयरमा गठबन्धन उम्मेदवार पौडेल एमालेकी मेयर उम्मेदवार सरस्वती देवी चौधरी संग १५ सय भन्दा बढि मतले अगाडि छन् । यता उपमेयरमा गठबन्धन उम्मेदवार मेघा साही एमालका उपमेयर उम्मेदवार भोला प्रसाद अधिकारी संग करिव ८ सय तमले पछाडि छिन् ।
हाल सम्म जीतपुरसिमराको २४ वडा मध्ये २१ वडाको मतगणना सम्पन्न भैसकेको छ भने ३ वडाको मतगणना जारी छ । ३ वडाको मतगणना जारी रहदा पनि नेकपा एमालेले मेयरमा बाजी मार्ने कुनै सम्भावना देखिदैन । यता उपमेयर भने गठबन्धन अघि आउन सक्ने सम्भावना रहेको देखिन्छ ।
हाल सम्म जीतपुरसिमरामा ५३ हजार मत मध्ये ४८ हजार तम गणना सम्पन्न भैसकेको छ ।




