उदयपुरमा ट्रक दुर्घटना हुँदा बाराको सिमराका ४ जनाको मृत्यु

१६ जेठ, सोमबार । एस.एस. पटेल ।

उदयपुरकमा ट्रक दुर्घटना हुँदा चार जनाकाे घटनास्थलमै मृत्युु भएको छ । जिल्लाको कटारी नगरपालिका–१४ भदौरेमा आइतबार राति ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हाे ।

हेटौंडाबाट सोलुमा निर्माण भईरहेको हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बु जाँदै गरेको ना८ख ८२९७ नम्बरको ट्रक सिद्धिचरण लोकमार्ग अन्तर्गत कच्ची सडकखण्डमा दुर्घटना भएकाे थियो । हिजो राति करिब २ः३० बजेतिर ट्रक सडक भन्दा एक सय मिटरजति तल खसेको थियाे ।

दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।