- जानकारी नेपाल, डेस्क ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको माछा बजार व्यवस्थित गरिएको छ । पुर्णरूपले अव्यवस्थित र फोहोर रहेको जीतपुरको माछा बजार आज बाट आधुनिक तरिकाले संचालन गरिएको हो ।
माछा बजारमा टायलस् मार्बल लगाई सरसफाइमा मुख्य ध्यान दिएर आजबाट बजार सुरू भएको हो । जीतपुरका समाजसेवी परशुराम गिरि र जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जीतपुरका भद्रभलादामीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वडा अध्यक्ष सुनिल गुप्ताले माछा बजार एउटा उदाहरण मात्र भएको बताउदै जीतपुरलाई केही महिना भित्र नगरकै उत्कृष्ट वडा बनाउने प्रतिबद्धता गर्नुभएको थियो ।




