- एस.एस. पटेल, बारा ।
सुर्य नेपाल प्रा.लिले जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा बर्थिङ सेन्टर भवन निर्माण गर्ने भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्य नेपालले प्रसुती सेवाको सहजताका लागि भवन निर्माण गर्ने भएको हो ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको विषेश पहलमा सुर्य नेपालले जीतपुर स्वास्थ्य चौकीमा निर्माण गर्ने चार कोठे भवनको बुधवार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारीले बर्थिङ सेन्टरको शिलान्यास गर्नुभएको थियो।
जीतपुरमा यसअघि रहेको बर्थिङ सेन्टरको भवनमा सेवा प्रवाह गर्न असहज भएपछि जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले बर्थिङ सेन्टर भवन निर्माण गरिदिनका लागि सुर्य नेपालसंग आग्रह गर्दै आएको थियो । संघको आग्रहपछि सुर्य नेपालले उपमहानगरपालिकासंग समन्वय गरेर भवन निर्माणको प्रक्रिया अघि बढाएको हो । शिलान्यास भए पछि सुर्य नेपालले जीतपुरसिमरा नगर उद्योग वाणिज्य र विषेश सन्जय साह धन्यबादका पात्र भएको बताएको थियो । उहांको विषश पहल र प्रयास पछि जीतपुरमा हामिले १ करोडको लगानिमा बर्थिङ सेन्टर भवन निर्माण गर्न लागेको सुर्य नेपालको प्रमुखले बताउनु भएको थियो ।।
हाल संचालनमा रहेको बर्थिङ सेन्टर नजिकै बनाईने सुविधा सम्पन्न भवन निर्माणपश्चात सुर्य नेपालले उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ । २४ घण्टे सेवा प्रदान हुदै आएको बर्थिङ सेन्टरमा मासिक ६० देखि ७० जना गर्भवती महिलाले सेवा लिने गरेका छन् ।
भवन शिलान्यास कार्यक्रममा एमाले नेता देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल, सुर्य नेपालका उद्योग व्यवस्थापक सुरेशकाजी श्रेष्ठ, कमर्सियल मेनेजर उमेश थापा, मानव तथा संसाधन विभागका सरविन श्रेष्ठ, सुरक्षा प्रमुख यज्ञबहादुर आले, नगर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष मोहन शर्मा, निवर्तमान अध्यक्ष संजय साह, जीतपुरसिमरा ७ का वडाध्यक्ष सुनिल गुप्ता, ईन्जिनियर निरज मिश्रलगायतको उपस्थिती रहेको थियो ।




