- जानकारी नेपाल डेस्क ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताले सोही वडाको श्री फकिरा गिरि राजेश्वर गिरि माविको अनुगमन गर्नु भएको छ । अनुगमन सहित स्कुलको समस्याको विषयमा शिक्षक र विद्यार्थीहरू संग अन्तरक्रिया कार्यक्रम पनि गरिएको छ ।
अनुगमनको क्रममा वडा अध्यक्ष गुप्ता हरेक कक्षाकोठामा गई विद्यार्थीहरू संग स्कुलको समस्याको विषयमा जान्न प्रयास गरेका थिए । वडा अध्यक्ष गुप्तालाई विद्यार्थीहरूले खुलेर आफ्नो गुनासो राखेका थिए ।
विद्यार्थीहरूको गुनासोलाई छिटै समाधान गर्ने पनि वडा अध्यक्षले प्रतिबद्धता जनाउनु भएको छ भने स्कुललाई शिक्षाको विषयमा कुनै कमि नगर्न ठाडो निर्देशन समेत दिनुभएको छ ।
तेसै गरि वडा अध्यक्ष गुप्ताले आफ्नो कार्यकालमा करि ५० जना गरिव विद्यार्थीहरूलाई आफ्नो निजि स्रोतबाट उच्चस्तरीय शिक्षा दिने उहाँले घोषणा गर्नुभएको छ ।




