प्रहरी हिसातमा रहेको महिलामाथी बलत्कारको प्रयास

  • बाँके,१६ साउन –

प्रहरी हिसात मै महिला माथी बलत्कारको प्रयास भएको छ । घटना बाकेको हो । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय बाकेलाई सूचना प्राप्त भएपछि आरोप लागेका प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईंलाई निलम्बन गरिएको छ । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले असई चौलागाईंलाई निलम्बन गरिएको घटनाको बिषयमा थप अनुसन्धान भइरहेको बताए ।

चौलागाईंविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ । ‘अब अदालतले सफाइ दियो भने जागिर बच्छ । होइन भने, चौलागाईंको जागिर गयो’ –एसपी अधिकारीले भन्नुभयो । इलाका प्रहरी कार्यालय, कोहलपुरमा मुद्दा फाँटमा कार्यरत असई चौलागाईंले बहुविवाह मुद्दामा हिरासतमा रहेकी महिलालाई राती दुई बजे आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेका थिए ।

‘सोधपुछ’ गर्ने बहाना बनाएर असई चौलागाईंले ती महिलालाई कोठामा बोलाएका थिए । कोठामा बोलाएपछि असई चौलागाईंले बलात्कारको प्रयास गरेका थिए । त्यही समयमा गस्तीमा गएको गाडी फर्किएर आएपछि ‘पोल खुल्ने’ डरले चौलागाईंले महिलालाई छोडेका थिए । बाँके प्रहरीले असई चौलागाईंले हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाएको छ ।

साउन ११ गते बहुविवाह मुद्दामा प्रहरी हिरासतमा आइपुगेकी महिलालाई असई चौलागाइले गलत नियतले राती २ बजे कोठामा बोलाएका थिए । महिलालाई आधाराती असईले कोठामा बोलाएपछि हिरासतमा रहेका थुनुवाले होहल्ला गरेका थिए । राती एक निद्रा सुतेर उठेपछि असई चौलागाईंको नियतमा खोटको भावना आएको थियो । जसले गर्दा उनको जागिर जाने अवस्था आएको छ । बाँके प्रहरीले राती दुई बजे सोधपुछका लागि भनेर महिलालाई बोलाउनु नै गलत भएको बताएको छ ।