मोटरसाइकल दुर्घटनामा परि जीतपुरसिमराका मेयर राजन पौडेल घाईते, उपचार पछि घर लगियो

  • सिमरा, साउन २२ ।

जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल मोटरसाईकल दुर्घटनामा परी घाईते भएका छन् । सिमरास्थित सुर्य नेपाल अगाडी उनले चलाएको मोटरसाईकल दुर्घटना भएको हो ।

दुर्घटनामा परी मेयर पौडेलको खुट्टामा सामान्य चोट लागेको छ । उनलाई सिमरास्थित अल्पाईन अस्पतालमा उपचार गराएर घर लगिएको छ । चिकित्सकले उनको अवस्था सामान्य रहेको बताएका छन् ।

सिमराबाट बजनीस्थित घरतर्फ जादै गर्दा मेयर पौडेल चढेको मोटरसाईकल विपरित दिशाबाट आउदै गरेको बा९च ७५७४ नम्बरको कारसंग ठोक्किएको थियो ।