बारा प्रहरीद्वारा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

  • बारा, सावन २४ ।

बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जनालाई पक्राउ गरेको छ । बारा प्रहरीले उनीहरूको साथबाट चोरीका १२ वटा मोटरसाइकल पनि बरामद गरेको छ ।

चोरीको मोटरसाइकलसहित पक्राउ परेका गिरोहलाई प्रहरीले मङ्गलवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

साउन १९ गते बाराको बरियारपुरबाट दुई थान मोटरसाइकल चोरी गरेर भाग्ने क्रममा पचरौता नगरपालिका–७ बेनौलीका २१ वर्षीय विशाल कुमार सहनी र २० वर्षीय भोला पटेललाई पक्राउ गरिएको थियो ।

प्रहरी हिरासतमा रहेका उनीहरूको बयानका आधारमा बेनौलीकै २० वर्षीय वृजमोहन साह सोनार, २० वर्षीय विजय पटेल, २४ वर्षीय हरिनारायण पटेल र २३ वर्षीय बरक सहनी गरी ४ जनालाई पक्राउ गरिएको बाराका प्रहरी उपरिक्षक होबेन्द्र बोगटीले जानकारी दिनुभयो ।